सिन्धुपाल्चोक ।

जुगल गाउँपालिका २ लिदीमा आज बिहान गएको पहिरोमा कम्तिमा ३६ जना पुरिएर वेपत्ता भएको अनुमान छ ।
घटनास्थल पुुगेका सभामुख अग्नीप्रसाद सापकोटासंगै गएका एक सुरक्षाकर्मीले बताए अनुसार केही शवहरुको अंश बाहिर देखिए पनि उद्धार गर्न सकिएको छैन । नेपाली सेनाका १४ जना घटनास्थल पुगिसकेका छन् । प्रहरी भने अव आधा घण्टामा पुग्ने जानकारी प्राप्त भएको छ ।

मौसमका कारण हेलिकोप्टर ल्याण्ड गर्न कठिन भएकाले उद्धारमा ढिलाई भएको जानकारी प्रमुख जिल्ला अधिकारी उमेश ढकालले दिनुभयो । सभामुख सापकोटाले लिएर गएको सेनाको हेलिकोप्टरले ४ जना घाइते सदरमुकाम चौतारा ल्याएको छ । उनीहरुको चौतारा अस्पतालमा उपचार भइरहेको छ ।
विकट बस्ती भएकाले पैदलबाट छिटो पुग्न नसकिने भएकाले हेलिकोप्टर बाहेक उद्धार सम्भव नभएको स्थानीय प्रशासनले जनाएको छ ।-इमेजखबरबाट साभार





























