ब्लड क्यान्सर पीडित सुमनको उपचारमा आर्थिक अभाव

0
822

इलाम ।

ब्लड कयान्सरबाट पिडित भएका इलामको सुर्योदय नगरपालिका –६ हर्कटेका सुमन लिम्बुलाई उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेका छन् ।

विगत केही महिनादेखि चितवनको भरतपुर अस्पतालमा उपचार गराईरहेका २३ वर्षीय लिम्बु आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेका हुन् ।

ब्लड क्यान्सरबाट ग्रसित लिम्बुको उपचारका लागि कम्तिमा दश लाख रुपैया लाग्ने अस्पताल श्रोतले जानकारी दिएको तर परिवारको आर्थीक अवस्था कमजोर रहेकाले सबै सँग हात फैलाईएको बिरामीका छिमेकी नरेश खड्काले नयाँ बुलन्दलाई जानकारी दिएका छन् । खड्काले रकम जुटाउन सकेको खन्डमा बिरामी निको हुने विश्वाश रहेकाले एक गरिब युवाले पैसाको अभावमा अकालमा ज्यान गुमाउनु नपरोसभन्दै सहयोग लागि अपिल गरेको बताए ।

आर्थिक अवस्था निकै कमजोर भएको र अस्पतालमा नियमित रुपमा उपचार गर्नुपर्ने भएकाले देश विदेशमा रहेका सम्पूर्ण नेपाली, विभिन्न संघरसंस्थाहरुलाई सहयोग गरिदिन बिरामीका मामा किशोर राईले सामाजिक सन्जाल मार्फत समेत अनुरोध गरेका छन । किशोरले भान्जा बचाउनको निमित्त घरमा भएको जायजेथा सम्पतिबाट अहिले उपचार गरि रहेको बताउदै घरबाट अब खर्च धान्न नसक्ने अवस्थामा पुगिसकेको बताए ।

यसैले आर्थिक सहयोगका लागी बिरामीका मामा किशोर राई ९८५२६२४३९५ र छिमेकी नरेश खड्का ९८६३७८१६०४ मा सम्पर्क गर्न सकिने छ। यस्तै बैँक खाता नम्बर स्१०७००५०००६८८७ किशोर राई मेघा बैँक लि मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ। बिमारी सुमन लिम्बु मामाघर (हर्कटे) किशोर राईको घरमा बस्दै आएको थिए ।

तपाईं हाम्रै सहयोगले एक युवाले नयाँ जीवन पाउन सक्छभने तपाईं हामी सबैजना मिलेर यो युवाको जिवनरक्षाका लागि आर्थिक सहयोग गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here