सर्पको डसाइबाट मृत्यु

0
933

डोटी,

विषालु सर्पको डसाइबाट यहाँ ३० वर्षीया एक महिलाको मृत्यु भएको छ । प्रहरीचौकी चवराचौतराका अनुसार बोगटान फुडसिल गाउँपालिका–७ चवराचौतारा बस्ने खिमादेवी धामीको सर्पले डसेर मृत्यु भएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका–१ बेलार स्थायी ठेगाना भएकी निज महिला तीजका लागि श्रीमान्सँगै माइती आउनुभएको थियो ।

उहाँलाई दिउँसो माइती नजीकै सर्पले डसेको थियो । उपचारका लागि अस्पताल लैजाने क्रममा उहाँको बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

गर्मी समयमा डोटीमा वर्षेनी विषालु सर्पको डसाइबाट मानिसको अकालमै ज्यान जाने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here