समुदायका १२७ को स्वाब सङ्कलन

0
886

तनहुँ,

तनहुँको भानु नगरपालिकाका २४ जनामा कोरोना पुष्टि भएपछि सोमबार एकै दिन १२७ जनाको स्वाब सङ्कलन गरिएको छ । कोरोना सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी नगरपालिकाले उनीहरूको स्वाब सङ्कलन गरेको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले भानु नगरपालिका–२, ३, ४, ५ र ८ का व्यक्तिको स्वाब सङ्कलन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्वाब सङ्कलनका लागि पाँच स्वास्थ्यकर्मी खटिएका थिए । सोमबार अबेरसम्म उनीहरूको स्वाब सङ्कलन गरिएको थियो । “भानुमा एकैचोटि ठूलो सङ्ख्यामा समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि सम्पर्कमा आएकाहरूको पहिचान गरी स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाएका छौँ”, उहाँले भन्नुभयो ।

भानु नगरपालिका–१ का ३४ वर्षीय एक व्यक्तिमा गत सोमबार कोरोना पुष्टि भएको थियो । त्यसलगत्तै नगरपालिकाले १२२ को स्वाब सङ्कलन गरी परीक्षण गराएकामा २२ जनालाई सङ्क्रमण पुष्टि भयो ।

बन्दीपुर गाउँपालिकाको समन्वयमा गरिएको परीक्षणमा भानु नगरपालिकाकै थप एक जनालाई कोरोना पुष्टि भएको थियो । नगरपालिकाका जनप्रतिनिधि, इञ्जिनीयरलगायत कोरोनाबाट सङ्क्रमित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here