रगतले पुरिएको
हिरा माथि बसेर
देशको रथहाँकी रहेका
शासकहरु हो,
अब तिम्रो स्वार्थले
जनताको रगत कति बगाउछौ ?
अनि
राजाको शालिक ढाल्दै
आफ्नो शालिक कति बनाउछौ ?
आदिवासी मेरो पुर्खाहरुको
इतिहास माथि अतिक्रमण गर्दै
रामको इतिहास किन खोज्दैछौ ?
गरिबहरुको
घरमा आगो लगाउदै
मन्दिर पो किन बनाउदैछौ ?
कोरोना भाइरसले
बेसारपानीको पर्खाल तोड्दै गर्दा
तिमी चाँहि
नेपाल आमा बिरुद्ध लडने
रावणको सृजना किन पो गर्दैछौ ?

























