खोलाले बगाएर बेपत्ता बालक मृत फेला

0
909

झापा।

सानो माई खोलाले बगाएर बेपत्ता भएका झापा गाउँपालिका–२ झापाका १५ बर्षीय राजु भण्डारी मृत फेला परेका छन् ।

हिजो बेलुका खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएका बालकको खोज तलास गर्ने क्रममा बिपद ब्यबस्थापन गुल्म चन्द्रगढीबाट खटिएको प्रहरी टोलीले आज बिहान साँढे ६ बजे बगाएको स्थान भन्दा करिव ५० मिटर दक्षिण मृत फेला पारेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here