२४ घण्टामा ७०७ जनामा कोरोना सङ्क्रमण, ६ जनाको मृत्यु

0
467

काठमाण्डाै,

गएको २४ घण्टामा सात सय सात जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । बिहीबार एक सय ९२ महिला र पाँच सय १५ जना पुरुषमा सङ्क्रमण देखिएकाे हाे ।

११ हजार आठ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा सात सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६३ जना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या १७ हजार नाै सय ६४ पुगेको छ । अहिले ११ हजार पाँच सय ५५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ११ हजार सात सय ६८ जना क्वरेण्टीनमा रहेका छन् ।

गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या एक सय २६ पुगेको छ । पर्सामा तीन जना, काठमाण्डाै, मकवानपुर र सप्तरीमा एक/एक जना गरी ६ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here