जन्मदिनमा साहले दिए पुस्तक उपहार

0
785

तुलसीप्रसाद निरौला ,बिर्तामोड,  ।  तपाईं आफ्नो जन्मदिन तारे होटलमा साथीभाइसँग केक काटेर, पार्टी गरेर हजारांै रुपैयाँ खर्च गरेर मनाउनुहुन्छ होला । जन्मदिनमा नयाँ ठाउँमा घुमेर रमाइलो गर्नुहुन्छ होला । यदि तपाईको सोच यही हो भने त्यो सोच झापाको शिवसताक्षी–४ बोलोचोक निवासी धर्मेन्द्र साहसँग मेल नखान सक्छ ।

झापाको शिवसताक्षी–४ बोलोचोक स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएका धर्मेन्द्र साहले आफ्नो जन्मदिनको अवसर पारेर तीन सय ३३ थान विभिन्न किसिमका पुस्तक प्रदान गरेका छन् ।

बोलोचौक बिकास समितिका संस्थापक अध्यक्ष, डिआरबी इन्टरनेशनल ट्रेडिङ कम्पनी प्रालिका संस्थापक अध्यक्ष, भिजन राईज नेपालका संस्थापक सचिव र पाउ पाथीभरा माता मन्दिरका संस्थापक लगायत विभिन्न संघ–संस्थामा आवद्ध उनले बोलोचोक बिकास समितिले स्थापना गर्न लागेको बोलोचोक सार्वजनिक पुस्तकालयका लागि पुस्तक प्रदान गरेका हुन् ।
जन्मदिन मनाउने नाउमा फजुल खर्च गर्ने संस्कृति बढिरहेका बेला कविता, कथा, उपन्यास, निबन्ध, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वका जीवनी समेटिएका पुस्तक प्रदान गरिएको उनले बताए ।

सामाजिक सञ्जाल फेसबुक लगायतमा अहिलेको पुस्ताले बढी समय खर्चिएर पठन संस्कृतिमा ह्रास आउँदै गएकोमा पठन संस्कृतिको विकास र व्यक्तित्व विकासमा टेवा पुर्याउन पुस्तकालयलाई पुस्तक प्रदान गरिएको उनले बताए । उनले कोरोना महामारीका कारण हाल कुनै औपचारिक कार्यक्रम गर्ने अवस्था नरहेकोले परिस्थिति सहज बनेपछि सस्थाले बोलोचोक सार्वजनिक पुस्तकालय स्थापना गर्ने बताए ।
२०७६ कात्तिक २० गते बोलोचोक बिकास समिति नामक सामाजिक संस्था गठन गरेर विभिन्न सामाजिक गतिविधिमा सक्रिय हुँदै आएका उनले जन्मदिनको नाममा गरिने फजुल खर्च कटौती गरेर त्यो खर्चले सामाजिक कार्य गरिँदै आएको उनले बताए ।

यसअघि आफ्नो जन्मदिनको अवसर पारेर उनले बोलोचोक बिकास समितिको आयोजनामा तथा पाँचगाछी स्वास्थ्य चौकी र महाभारा स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा निःशुल्क रक्त समूह परीक्षण कार्यक्रमको आयोजना गरी त्यस क्षेत्रका पाँच सय जनाभन्दा बढीको रक्त समूह परीक्षण गराएको जानकारी दिए ।

जन्मोत्सवको नाममा गरिने फजुल खर्चले सामाजिक कार्यमा हातेमालो गरौं भन्ने उद्देश्यले संस्थाको व्यवस्थापनमा जन्मदिन मनाउने सो संस्थाका सदस्यहरुको जन्मदिनका अवसरमा विभिन्न सामाजिक कार्य गरिँदै आएको उनले बताए ।

संस्थाले त्यसक्षेत्रका बालबालिकाहरुलाई नियमित खेलकुदका गतिबिधिहरुसँगै विभिन्न जनचेतना र सामाजिक कामहरुमा प्रोत्साहन गर्दै आएको बताउँदै उनले संस्थाले सरसफाई, रक्तदान, स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here