विराटनगर ।

प्रदेश १ मा शनिबार थप १ सय २ जना कोरोना संक्रमित थपिएका छन्। ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७ सय ३२ पीसीआर परीक्षण गरिएको थियो।
मोरङमा ४९, सुनसरीमा ३० र झापामा १६ जना कोरोना संक्रमित थपिएका हुन्। त्यस्तै भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा २० महिला र १३ पुरुष, सुनबर्षीमा २ महिला र ८ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिला रहेका छन् ।
त्यस्तै सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा ५ महिला र ३ पुरुष, धरानमा १ महिला र ३ पुरुष, गढीमा १ महिला र ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।
त्यसैगरी झापाको दमकमा ३ महिला र १३ पुरुष, भोजपुरको अरण गाउँपालिकाका ३ पुरुष, इलामको देउमाईका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला १ पुरुषमा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। हालसम्म प्रदेश १ मा १ हजार २४३ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्।






























