भारतमा बसेर नेपालमा आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाईके पक्राउ

0
616

मोरङ ।

भारतमा बसेर नेपालका बिभिन्न जिल्लाहरुमा सञ्जाल बिस्तार गरी आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाईकेलाई जिल्ला प्रहरी कार्यालय मोरङले बिराटनगरबाट पक्राउ गरेको छ ।

हातहतियार खरखजना तथा लागूऔषध मुद्धामा फरार प्रतिवादीको सूचीमा रहेका भारतको अररिया जिल्ला ईन्द्रनगर ग्रामपञ्चायत–१० का ३९ बर्षीय बग्गा भनिने प्रदिप यादवलाई बिराटनगर महानगरपालिका–१६ बाट लागूऔषध सहित पक्राउ गरिएको हो ।

यादवको साथबाट डाइलेक्स डीसी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की बरामद भएको छ ।

२०७५ साल मंसिर ०३ गते बिराटनगरको हुलास चोकबाट अटोमेटिक पेस्तोल सहित पक्राउ परेका मन्दिप तामाङ र सुशिल कुमार साहलाई हतियार पठाउने तथा २०७५ मंसिर ८ गते ललितपुरका रुपम राईलाई दिन पठाएको लागुऔषध ब्राउनसुगर, तथा पेस्तोल सहित पक्राउ परेका बिध्यानन्द मण्डल र अनुप गिरीको घटनामा संग्लग्न रहेको खुल्न आएसंगै सर्वाधीक खोजीको सूचीमा रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्ने सफल भएको हो ।

पक्राउ परेका यादवको सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here