कोरोनाका कारण झापाका एक पुरुषको मृत्यु, बिर्तामोडको रत्न सुपरमार्केट सिल

0
839

झापा ।

कोरोना भाइरस संक्रमणबाट आइतबार तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको १४९ संख्या पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेमा झापा, पर्सा र सर्लाहीका रहेका छन् । मृत्यु हुनेमा झापाका ४८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीया महिला र सर्लाहीका ३३ वर्षीया महिला रहेको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेदर शून्य दशमलव ४७ प्रतिशत पुगेको छ ।

दमक–१ का एक ब्याक्ति उपचारका लागि काठमण्डौस्थित ह्याम्स हस्पिटलमा उपचारका लागि गएका थिए । उनलाई त्यहाँ जाँचको क्रममा कोराना देखिएको थियो । अहिले उनको परिवारको कन्ट्याक्ट ट्रेसिङ लगायतको काम दमकमा शुरु भएको बताईएको छ ।

यसअघि कोरोना संक्रमणका कारण झापामा अहिलेसम्म कसैको पनि मृत्यु भएको थिएन । उनी झापाका पहिलो हुन् । दमकमा पछिल्लो समयमा समुदायमा कोरोना सक्रमण फैलिदो अवस्थामा रहेको छ । मृतकका परिवारका सदस्यहरु दमकमा नै रहेको जनाईएको छ ।

यता बिर्तामोड नगरपालिका–५ स्थित रत्नसुपर मार्केट शील गरिएको छ । सुनचाँदी व्यवसायीका परिवारको दुई जना महिला सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त मार्केट शील गरिएको बिर्तामोड नगरपालिकाका कोभिड–१९ संयोजक ओम खड्काले जानकारी दिए। ‘

व्यवसायीको महिला सदस्यमा कोरोना देखिएपछि मार्केट क्षेत्र शील गरिएको हो’, उनले भने, ‘सम्भावित जोखिम नियन्त्रण र व्यवस्थापनका लागि आवश्यक काम कारबाही अगाडि बढाएका छौँ ।’ समुदायमा कोरोना देखिएपछि कन्ट्रयाक टे«सिनको काम शुरु भएको छ । समुदायमा कोरोना फैलिन नदिन नगरपालिकाले सुनचाँदी व्यवसायी, आसपासका अन्य व्यवसायी र जनसमुदायको पीसीआर परीक्षण गर्न लागिएको नगर प्रमुख ध्रुव शिवाकोटीले बताए।
कोरोना संक्रमण देखिएको स्थान वरपरका सबैको पीसीआर परीक्षण गरिने बताए ।

यसैबीच आइतबार झापाका ८ सहित नेपालमा ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापाको कमल गाउँपालिका वडा नं ३ का २ पुरुष र १ महिला, बिर्तामोड नगरपालिका वडा नं ५ का २ महिला, गौरादह वडा नं २ का २ पुरुष र जिल्ला प्रहरी कार्यालय झापाका १ महिला सुरक्षाकर्मी रहेको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईले जानकारी दिए । ८ जनामा कोरोना पुष्टि भएसंगै झापामा संक्रमितको संख्या ५०६ पुगेको छ ।

झापाका ८ सहित प्रदेश नं १ मा आइतबार मोरङ ५० र सुनसरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ८ हजार २६ वटा पीसीआर परीक्षण हुँदा ८१८ वटा नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए। पछिल्लो २४ घन्टामा निको भएर २८१ डिस्चार्ज हुँदा हाल सम्म नेपालमा निको भएर घर फर्कनेको संख्या १८ हजार ६३१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here