नदीमा डुबेर बालकको मृत्यु

0
608

कञ्चनपुर,

नदीमा डुबेर यहाँ आज एक बालकको मृत्यु भएको छ ।

वनहरा नदीमा नुहाउने क्रममा कृष्णपुर नगरपालिका–२ का सुरेश बोहराका नौ वर्षीय छोरा नरेश बोहराको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावलले बताउनुभयो ।

नरेशका साथीहरुसँग नदीमा पौडी खेल्न गएकाबेला बालक डुवेको उहाँको भनाइे छ । नदीमा डुबेका बालकको शव दाउरा खोज्न नदीमा गएका स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here