ध्यान के हो ? किन गर्ने ?

0
2272

अमित संग्रौला,

मन अति चञ्चल छ । एकछिन पनि नियन्त्रणमा छैन । हावा जस्तै बहन्छ । पानीभन्दा सूक्ष्म छ मन । कैले मन भूतकालमा जान्छ भने कैले भने भविष्य कालमा जान्छ । हाम्रो मनभित्र असख्य विचारहरु आइरहेका हुन्छन् । कतिपय ती विचारहरुले गर्दा हाम्रो मनमा तनाव उत्पन्न गराउँछ । ध्यान भनेको सजकतापूर्वक श्वासमा हेर्नै विधि हो । सबै प्रयत्न्नहरु छोडेर आफैभित्र विश्राम गर्नु हो । आजको भागदौडको समयमा मान्छेहरु यति व्यस्त भए । आफैलाई नियान्ने फुर्सद छैन । विभिन्न समय परिस्थितिमा मान्छेहरु तनाव ग्रस्त भएको देखिन्छ ।

शरीरलाई स्वस्थ, मनलाई शान्त र तनावबाट मुक्त बनाउने उत्तम उपाय भनेकै योग ध्यान हो । नियमित योग ध्यानको अभ्यास गर्दा शारीरिक मानसिक विकासका साथै आध्यमिक ज्ञान प्राप्त हुन्छ । नियमित रुपमा योग ध्यान गरेमा व्यक्तिको जीवनमा मन शान्त हुने तथा केही सकारात्मक परिर्वतन हुन थाल्छ र स्वास्थ्यमा पनि सुधार हुन्छ । भित्र आउने श्वासले ऊर्जा दिन्छ भने बाहिर जाने श्वासले विश्राम दिन्छ । हामी श्वासप्रति कति सजक छौं, पक्कै पनि छैनौं । कुनै बेला त श्वास फेरेको पनि थाहै पाउँदैनौं । छिटो–छिटो हिँड्दा, भारी काम गर्दा, दैडिँदा मात्र हामीले श्वास फेरेको अनुभव हुन्छ । हाम्रो जीवन श्वासमा अडिएको छ ।

हामीले जीवनमा चाहेका खुशी, आनन्द, शान्त मन भेटाउन सक्छांै । एकैछिन मात्र श्वासप्रति सजक भएर हे¥यौ भने तुरुन्त हाम्रो मन शान्त हुन्छ । मन र श्वासमा प्रत्यक्ष सम्बन्ध जोडिएको हुन्छ । मनमा परिर्वतन आउँदा श्वासमा पनि परिर्वतन आउँछ । जस्तैः रीस उठ्दा श्वासको गति छिटो–छिटो हुन्छ र तनावमा जाँदा श्वास छोटो अनि भारी हुन्छ । खुशी वा आनन्दमा रहँदा श्वास लामो र हलुका हुन्छ । मनले श्वासलाई परिर्वतन गरिरहेको छ भने के श्वासले मनले परिवर्तन गर्दैन ? श्वासको प्रक्रियालाई नियन्त्रण गर्र्ने पद्धितीलाई प्राणायाम भनिन्छ । यसले इन्द्रीयलाई बसमा राख्न मद्दत पु¥याउँछ ।

जीवन व्यस्त छ । खानपान र आजको जीवनशैलीले गर्दा हामीभित्रको रोग प्रतिरोध क्षमतामा ह्रास आइरहेको देखिन्छ । खुशी, आनन्द, शान्त मन चाहेका छौं । तनावरहित जीवनको खोजमा भौतारिएका हुन्छौं । त्यो बाहिर पाइने कुरा होइन । हामीभित्र नै छ । केही समय आफैलाई नियालौं भने अथाह शान्तिको अनुभन गर्न सक्छौं । चिन्ता, भय, उदासिनता, डिप्रेशन मनबाट उत्पन्न हुने रोगबाट बच्नका लागि ध्यान गर्न आवश्यकता रहेको छ । नुहाउँछौं, ब्रस गर्छौं, नाक–कानबाट फोहर फाल्छौं २० प्रतिशत मात्र शरीरबाट विकार जान्छ । शरीरको लागि त गरिरहेका हुन्छौं, मनको लागि के गर्ने ?शरीरको रोगभन्दा पनि मनको रोगबाट पीडित भएका छौं । चिन्ता, भय, उदासीन, डिप्रेशन एन्जाइटी यी सबै मनबाट उत्पन्न हुने गर्छ । आठ घण्टा सुत्दा जति ऊर्जा आउँछ त्यति नै बीस मिनेटको ध्यान गर्दा आउँछ । ध्यान गर्दा सकारात्मक ऊर्जा आउने, शरीर स्फूर्त हुने, मनबाट उत्पन्न हुने पीडा कम हुने गर्छ । स्वस्थ शरीर र शान्त मनका लागि ध्यान गर्न आवश्यक छ ।

ध्यान के हो ?

केही नगरिकन सजगतापूर्वक आफैभित्र विश्राम गर्नु हो । हाम्रो चित्तलाई केन्द्रित गरेर भाव अवस्थामा रहनु हो । र, त्यसमा जागृत रहनु नै ध्यान हो ।

समाधि के हो ?

हामीले ध्यान गरेपछि हामीलाई अनुभव हुन्छ कि केही क्षण भाव शून्य अवस्थामा हुन्छौं त्यो नै समाधि हो ।

ध्यानको स्वरुप

हाम्रो मनमा असंख्य कल्पना तथा विचार एकैसाथ चल्ने गर्छ । यसका कारण हाम्रो मन तथा मस्तिष्कमा अनेकौं विचार खेल्ने गर्छ । यस्ता कुरा सोच्न पनि चाहदैनौं । र, यही ध्यानले हामीलाई अनावश्यक कल्पना तथा विचारलाई मनबाट हटाएर शुद्ध तथा निर्मलतर्फ डो¥याउँछ । ध्यान जति गहिरो हुँदै जान्छ । व्यक्ति साक्षी भावमा स्थित हुन थाल्दछ । त्यसमा कुनै पनि भान, कल्पना तथा विचारका । क्षण मात्रले पनि प्रभाव पार्न दिँदैन ।

मन, मस्तिष्क मौन हुनु नै ध्यानको प्राथामिक स्वरुप हो । विचार, कल्पना र अतितको सुख–दुःखमा बाँच्नु ध्यानविरुद्ध हो । ध्यानमा इन्द्रिय मनको साथ, मन बुद्धिको साथ आफ्नो स्वरुप आत्मामा लीन हुन थाल्दछ । जसले साक्षीभाव द्रष्टा बुझ्दैन, तिनीहरुले शुरुमा अभ्यास गर्दा आँखा बन्द गर्नुपर्छ । अभ्यास हुँदै गएपछि आँखा बन्द होस् वा खुल्ला, साधक आफ्नो स्वरुपमा जोडिइरहन्छ । र, आफ्नो साक्षीभावमा अन्त्यमा ऊ ध्यानमा बस्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here