रातो झण्डा लगाउनबाट बच्ने कि !

0
1322

रामबाबु सुवेदी,

हुन त मैल झण्डा यो भन्दा पहिला नदेखेको होइन । स्कूल पढ्दा हाउस झण्डा हुन्थ्यो । विद्यार्थीहरुको वर्गीकरण गरी विभिन्न स्कूलमा विभिन्न किसिमका गु्रप छुट्याइन्थ्यो । रेड, येल्लो, ब्लू र ग्रीन चार किसिममा स्कूल अनुशरण विभिन्न नाम दिएर गु्रप टास्क गर्नलाई स्कूलमा हाउस झण्डा स्कूले जीवनमा फरफराएको देखिएको हो ।
नेपालको राष्ट्रिय झण्डाको त जन्मेर बुझेबाट अस्तित्व, महत्व र प्रयोगबारे सबैमा चेतना हुने नै भयो । मैले पनि धेरै नै बाल्यकालबाट झण्डाको सम्मान गरेको हूँ । यो त राष्ट्रिय पहिचान र गौरवको कुरा भयो । विश्वका अन्य देशभन्दा पृथक आकारमा छ हाम्रो झण्डा । कही नभएको त्रिभुज आकारको झण्डाले हाम्रो अस्तित्व बचाएको छ ।

बाल्यकालबाट विभिन्न पार्टीले प्रयोग गर्दै आएको झण्डा त देखेकै हो । सानैबाट रुखले शितल दिन्छ, घामले ताप, गाईले राष्ट्रिय पहिचान भन्दै विभिन्न पार्टीको झण्डा नजिकबाट नियालियो । भलै अहिले आएर शिर्ष नेतृत्वसँग वैमनश्यता छ । तर, पनि साधारण जनता हौं, हामी एक विचार र एक पार्टी हाम्रो पुर्खाले नै भन्दै आएकाले कुनै एक पार्टीको झण्डा हाम्रो मानसपटल र जिवनमा सधैँ नजिक बन्यो । कहिलेकाहीँ भए पनि फुटबलमा रुची राख्ने बानी थियो । म यही टिमको सपोर्ट गर्छु भन्ने त छैन, तर म क्लबमा बार्सिलोना र टिममा अर्जेन्टिना रुचाउँछु । त्यसैले फुटबलको सग्र्राम हुँदा वा अन्य बेला यी दुईको झण्डासँग नजिकिन्छु र बोक्न डराउदिन ।

म चाहे जुनै पार्टी, देश, क्लब वा अन्य समुदायको होस् सधैँ झण्डाको सम्मान गर्छु । ममा छल, हेला वा तिरस्कारको भावना कहिले रहँदैन झण्डाको बिषयमा । सबैको धर्म, जाति, क्लब, पार्टी, राष्ट्रियताको म आ–आफ्नो गौरव र पहिचान छ भन्ने सम्झन्छु । सबैको मूल्यांकन बराबर सम्झन्छु र यी झण्डाहरुले केही वस्तु, ठाउँ, स्थान, समुदाय र राष्ट्रियताको प्रतिनिधित्व गर्ने गरेको पाउँछु । तर, अरु बेला देखेको झण्डाभन्दा यसपालि देखेको यस किसिमको झण्डाले धेरै खुशी दिएन । चिन्ता दियो त्रास दियो र सजग रहन ठाडो मौन आदेश दियो ।
यसले ठूलो चुनौति दिएको छ । आफूलाई कसरी प्रतिनिधि गर्ने अब भविष्यमा भनी । देशभर चलेको कोरोना संक्रमणको लहरले अब त बिर्तामोड पनि पछि रहेन । आज भेटिएको बिर्तामोड–५ स्थित रत्न मार्केटमा (सुन मार्केटमा) कोरोनाको अति जोखिम स्थल भनी रातो झण्डा गाडिएको छ ।

डिसेम्बर २०१९ मा चीनबाट शुरु भएको कोरोना संक्रमण अहिले हेर्दाहेर्दै नवांै महिनामा आफ्नै समुदायमा आई पुगेको छ । आफ्नै वरिपरि केही पाइला परमात्र । होला कोरोना मानसिक रोग, तर यसले ठूलो महामारी फैलाउन समय लाग्ने छैन । फेरि नेपालमा यो नियन्त्रण गर्न सक्ने पूर्ण क्षमताको स्वास्थ्य सुविधा पनि उपलब्ध छैन । त्यसैले त्यो देखिएको रातो झण्डाले सचेत सजग र सुदृढ रहन प्रेरित गरेको छ, वार्निङ गरेको छ ।

झण्डा रातो भएर यस महामारीको समयमा त्यो स्थान ‘डेन्जर जोन’मा पर्ने जनाउ दिएको छ । त्यता नजान सबैलाई आग्रह अनुनय बिनय गरेको छ । त्यहाँ बस्ने व्यक्तिहरु उच्च संक्रमणको जोखिम र आशंकामा परेको जनाउ घण्टी दिएको छ । यो झण्डा त एक सूचक न हो । यस झण्डाले केही समय र अवधिलाई आफूलाई घरमा बस्न वा हिँडडुल गर्दा अझ सजग र सुरक्षित रहन प्रेरित गरेको छ ।

झण्डाले कौतुहलता दिलाएको छ । झण्डाले डर दिएको छ । हेर्दाहेर्दै त्यो आफ्नै घरमा लाउन प¥र्यो भने ? त्यसैले सुरक्षित बसौं, सजग बनौं र सकेसम्म मास्कको अनिवार्य प्रयोग गरौं । पार्टी, क्लब, देशको जस्तै भए पनि झण्डा स्वीकार्य छ, तर यस ‘डेन्जर जोन’ चिनाउने झण्डाको पटक्कै छैन । त्यसैले झण्डा नलागोस् भनी तयारी गर्न जरुरी छ, सबैमा अनुरोध । म सुरक्षित रहे तपाईं सुरक्षित बन्नु होला, तपाईं सुरक्षित रहे म सुरक्षित बनौला भन्ने भावना मनमा ल्याउन जरुरी छ । झण्डा लागेमा पूर्ण जोखिम क्षेत्रमा छौं भन्ने सोच्नु जरुरी छ । त्यसैले डेन्जर जोनमा आफू नबसौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here