झापा,इलाम र मोरङबाट लागूऔषध सहित ६ जना पक्राउ

0
850

बिराटनगर ।

झापासहित इलाम र मोरङका बिभिन्न स्थानबाट लागूऔषध सहित ६ जना पक्राउ परेका छन् ।

सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण चन्द्रगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले बाह्रदशी गाउँपालिका–२ बाट ६ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित बाह्रदशी गाउँपालिका–३ का २३ बर्षीय अमिन मोहम्बदलाई बिरिङ खोला किनाराबाट पक्राउ गरेको हो ।

उता इलामको माङसेबुङ गाउँपालिका–५ का १९ बर्षीय प्रेम राई र १७ बर्षीय अमिर लिम्बू लागूऔषध गाँजा सहित पक्राउ परेका छन् । प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरी टोलीले सोमवार दिऊसो २ केजी गाँजा सहित दुबै जनालाई पक्राउ गरेको हो ।

यसैबीच मोरङको केरावारी गाउँपालिका–६ बाट लागूऔषध सहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले मुगु खोला छेउमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १० प ७६९३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलमा सवार रहेका केरावारी गाउँपालिका–५ का २२ बर्षीय रुपेश राई, धरान–८ की ३० बर्षीया अबिमाया राई र २० बर्षीय उत्सव लिम्बुलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले डाईजेपलाब ९५ एम्पुल, एभिल ९४ एम्पुल र लुपिजेसिक ९७ एम्पुल लागुऔषध बरामद गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here