झापामा कुटपिटबाट मृत्यु

0
614

झापा ।

झापा गाउँपालिका–३ झापाका ७० बर्षीय साईला टुडुलाई उनकै छोरा २५ बर्षीय सुनिल टुडुले कुटपिट गर्दा मृत्यु भएको छ ।

सोमवार राती साँढे ११ बजे छोराले बुबालाई एक्कासी बाँसको भाटाले शरिरका बिभिन्न भागमा अन्धाधुन्ध कुटपिट गर्दा घाईते भएका टुडुलाई उपचारको लागि स्थानीय मेडिकलमा लगिएको र उक्त मेडिकलमा उपचार हुन नसकेपछि आफन्तले घरमै ल्याई राखेकोमा सोही कारणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने सुनिल टुडुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here