बाह्रदशीका पोखरेल श्रम तथा रोजगार विभागमा

0
1389

झापा, बाह्रदशी गाउँपालिका – ३ राजगढ निवासी नगेन्द्र प्रसाद पोखरेल(नवीन) श्रम तथा रोजगार विभागको सदस्यमा चयन भएका छन् ।


नेपाली कांग्रेस झापाको मातहतमा रहने गरी विभागको सदस्यमा पोखरेललाई मनोनयन गरिएको नेपाली कांग्रेस झापाले जनाएको छ । पार्टीको सर्वाेपरी हितका लागि पोखरेलले गरेका कामको उच्च मूल्याङ्कन गर्दै जिम्वेवारी प्रदान गरिएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले बताए ।


नेपाली कांग्रेस झापाको २०७५ फागुन २८ गते बसेको कार्यसमितिको बैठकले विभाग गठन गर्ने अधिकार प्रत्यायोजन गरेको र सोही बमोजिम पोखरेलाई श्रम तथा रोजगार विभागको सदस्यको जिम्वेवारी दिइएको बताइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here