डोकेबजारसहित आसपासको क्षेत्र पूर्णरूपमा बन्द

0
538

कञ्चनपुर,

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार तथा आसपासको क्षेत्र पूर्णरूपमा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक सूचना जारी गर्दै गए राति १२ बजेदेखि १४ गते राति १२ बजेसम्मका लागि डोकेबजार क्षेत्र पूर्णरूपमा बन्द गरेको हो ।

कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोकथाम, नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि डोकेबजार तथा आसपासको क्षेत्र पूर्णरूपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताउनुभयो ।

बन्दको अवज्ञा गरेको पाइए सङ्क्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानूनबमोजिम कारवाही हुने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here