टेलरिङ व्यवसायमा आवद्ध कटिङ मास्टरहरुको पीसीआर परिक्षण गर्न माग

0
907

तुलसीप्रसाद निरौला ,बिर्तामोड । टेलरिङ व्यवसायमा आवद्ध कटिङ मास्टरहरुको पीसीआर परिक्षण गर्न झापा टेलरिङ व्यवसायी संघले माग गरेको छ ।

 

झापा टेलरिङ व्यवसायी संघले विर्तामोड उद्योग वाणिज्य संघलाई ध्यानाकर्षण पत्र वुझाउँदै टेलरिङ व्यवसायमा आवद्ध कटिङ मास्टरहरुको पीसीआर परिक्षण गर्न माग गरेको हो ।
झापा टेलरिङ व्यवसायी संघका उपाध्यक्ष श्याम वस्नेत , महासचिव वीरु दर्नालले विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई , पूर्व अध्यक्ष वेदप्रकाश अग्रवाललाई ध्यानाकर्षण पत्र वुझाएका थिए ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको जोखिममा टेलरिङ व्यवसायमा आवद्ध कटिङ मास्टरहरु रहेकाले उनीहरुको पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्न माग गरेको झापा टेलरिङ व्यवसायी संघका महासचिव वीरु दर्नालले वताए ।

टेलरिङ व्यवसायमा आवद्ध कटिङ मास्टरहरुले ग्राहकको कपडाको नाप लिँदा भौतिक दूरी कायम गर्न सम्भव नहुने भएकाले कोरोनाको जोखिम बढ्ने भन्दै टेलरिङ व्यवसायमा आवद्ध कटिङ मास्टरहरुको पीसीआर परिक्षण गर्न विर्तामोड उद्योग वाणिज्य संघलाई ध्यानाकर्षण पत्र वुझाएको उनले वताए ।

लकडाउन खुकुलो भएसंगै टेलरिङ व्यवसाय शुरु गर्दा ग्राहकहरुको आगमन पनि वढ्ने भएकाले र कोरोनाको जोखिम रहने भएकाले टेलरिङ व्यवसायमा आवद्ध कटिङ मास्टरहरुको पीसीआर परिक्षण गर्न माग गरिएको उनले जानकारी दिए ।
लकडाउनले थिल्थिलिएको टेलरिङ व्यवसाय चाडपर्वको चहलपहल बढेसंगै व्यवसाय वढ्ने भएकाले त्यस्तो वेलामा कोरोनाको जोखिम न्युनिकरण गर्नका लागि टेलरिङ व्यवसायमा आवद्ध कटिङ मास्टरहरुको पीसीआर परिक्षण गर्न विर्तामोड नगरपालिकासंग माग गरिएको गोर्खा टेलरिङका सञ्चालक समेत रहेका दर्नालले जानकारी दिए ।

त्यस्तै झापामा एक हजारभन्दा वढी टेलरिङ व्यवसायी रहेको र टेलरिङ व्यवसायमा आवद्ध एक –एक जनाको अनिवार्य पीसीआर परिक्षण गर्नुपर्ने झापा टेलरिङ व्यवसायी संघकी अध्यक्ष रीता नेपालीले बताइन् ।
ध्यानाकर्षण पत्र वुझ्दै विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले टेलरिङ व्यवसायमा आवद्ध कटिङ मास्टरहरुको पीसीआर परिक्षण गर्न झापा टेलरिङ व्यवसायी संघले गरेको माग जायज भएको र त्यसलाई कार्यान्वयन गर्न आफू प्रयत्नशील रहने वताए ।

पछिल्लो समय विर्तामोडमा समुदायमा कोरोना फैलिएको भन्दै बिर्तामोड नगरपालिकाले समुदायमा कोरोना फैलिन नदिन विभिन्न पेसा ,व्यवसायमा आवद्ध व्यक्तिको पीसीआर परीक्षण गर्दै आइरहेकोमा कोरोनाको जोखिममा रहेका टेलरिङ व्यवसायमा आवद्ध कटिङ मास्टरहरुको पनि पीसीआर परिक्षण गर्न विर्तामोड नगरपालिकामा आफूले पहल गर्ने उनले आश्वासन दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here