सहबान अन्सारी/ नवलपरासी,

जिल्ला प्रशासन कार्यालय नवलपरासीले पुन: भदौ १५गते सम्मको लागि निषेधाज्ञा बढाउने निर्णय गरेको छ ।
यसअघि उक्त कार्यालयले साउन ३२ गतेबाट निशेषाज्ञा जारी गरेको क्रमश: यो तेस्रो पटक हो। बुधवार जिल्ला सुरक्षा समिति,राजनितिक दलका प्रतिनिधी संघिय तथा प्रदेश सभा सदस्यको सर्वदलिय बैठकले भदौ १५ गतेसम्म्का लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सागर मणि पाठकले जानकारी दिए ।
यसअघि जिल्लाको ७ वटै स्थानीय तहमा जारी गरिएको निषेधाज्ञा बुधवार राती १२ बजे सकिदै थियो । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि र यसको जोखिम न्यूनिकरण र रोकथामको लागि निषेधाज्ञा अवधिभर सामुहिक जमघट, भेला गोष्ठी सेमिनार र अनावश्यक रुपमा हिलडुल गर्न नपाइने पाठकले बताए।
जिल्लाको प्रतापपुर गाउँपालिकामा ७ जना र सरावल गाउँपालिकामा १ जना गरी ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए। संक्रमण पुष्टि हुनेमा सरावल गाउपालिका वडा नं ४ का ३८ वर्षीय पुरुष रहेका छन् । प्रादेशीक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणका क्रममा उनमा कोरोना संक्रमण पुुष्टि भएको हो ।
यसैगरि प्रतापपुरको वडा नं ३का ३७ वर्षीय पुरुष, वडा नं ७ का ३१, ३९ , ४२ र ४४ वर्षीय पुरुष र वडा नं ९ का ३९ र ४२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । त्यसैगरि बारा घर भई बर्दघाटमा पसल गर्दै आएका ५० वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
दुर्घटनामा परि भैरहवाको आइसियुमा उपचारका क्रममा गरिएको परिक्षणका क्रममा उनमा संक्रमणको पुष्टि भएको छ । यो सगैं जिल्लामा कुल संक्रमितको संख्या १ सय ९४ पुगेको छ





























