अबरुद्ध मेची राजमार्ग खुल्यो

0
586

 

झापा, नेपाल टेलिकमले अप्टिकल फाइबर बिछ्याउनका लागि नाली खनेका कारण पहिरो खस्दा अवरुद्ध बनेको मेची राजमार्ग सुचारु भएको छ ।

अविरल वर्षासँगै राजमार्ग माथिबाट पहिरो खसेका कारण मेची राजमार्ग अन्तरगत इलामको रोङ गाउँपालिका–३ र ४ खण्डमा पर्ने करिब १० किलोमटिर क्षेत्रको विभिन्न आठ ठाउँमा पहिरो खसेको थियो । पहिरो हटाएसंगै झापा र इलाम सहित पूर्वी पहाडी जिल्लामा यातायात सुचारु भएको छ ।

श्रव्य दृष्य सामग्री सम्भू दाहालबाट ।

पहिरोले झापासँग सीमा जोडिएको इलामको रोङ गाउँपालिकामा एक घर बगाएको छ । रोङ गाउँपालिका प्रवत्ता मणिकुमार स्याङ्बोले पहिरोले स्थानीय बलबहादुर राईको घर बगाएको बताउनुभयो । उनीहरुलाई राति नै उद्धार गरी सुरक्षित स्थानमा लगेर राखिएको छ ।

मेची राजमार्गका आधा दर्जनभन्दा बढी ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको थियो । पहिरोका कारण गाउँपालिकाका विभिन्न ठाँउमा बिजुलीका पोलमा पनि क्षति पुगेको प्रवत्ता स्याङ्वोको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here