पहिरोले लाखौंको क्षति

0
426

गणेश अर्याल
इलाम
इलामको रोङ गाउपालिकामा गएरातीको बर्षाले २ घर बिस्तापित भएका छन् भने लाखौको नोक्सान भएको छ । रोङ ४ को एक घर र रोङ ६ को एक घर गरी २ घर बिस्तापित भएका हुन् । रोङ ४ मा हरीप्रसाद मगर र रोङ ६ को बल बहादुर राइको घर बिस्तापित भएको हो । बिस्तापित दुबै परिवारलाई अहिले सुरक्षित स्थानमा सारिएको छ । गाउतीरको सबै सडकहरु अवरोध भएको छ भने किसानले उत्पादन गरेको करेला, टमाटर लगायतको कृषि जन्य उत्पादनमा क्षति पुगेको छ ।
मानाबुङ स्थीत हरीप्रसाद मगरको घरमाथि बाट पहिरो खस्दा घरमा क्षति पुगेको रोङ गाउ कार्यपालिका सदस्य बिमला तामाङले बताइन् । ‘क्षतिभएको हरिप्रसाद मगरको परिबारको लागि रोङ गाउपालिकाले चामल तिर्पाल र ओढ्ने ओच्छ्याउने सामाग्री उपलब्ध गराएको छ कार्यपालिका सदस्य तामाङले भनिन् — घरमाथीबाट पहिरोखस्दा मगरको परिवार भने भाग्यले बाचेका हुन् । स्थलगत अनुगमनमा पुगेकी तामाङले भनिन् पहिले अलीअलि पहिरो खसेको थाहा भएदै सबैजना सुरक्षित स्थनमा भएकाले मानबीय क्षती भएनछ ।
उता मेचि राजमार्गको बिभिन्न स्थानमा खसेको पहिरो पन्साएर अपरान्हबाट यातायात सूचारु भएको छ । सडक बिभाग र निर्माण ब्यवसायी डम्बर खड्काको मेसीन प्रयोग गरेर सडक सुचारु भएको हो । रोङ गाउपालिकाका प्रबत्ता सुवास तामाङका पहलमा ब्यवसायी खड्काको मेसिनले पहिरो पन्साएको हो । यसै बिच रोङ गाउपालिकाको बिभिन्न स्थानमा पहिरो र बर्षाले निकै ठूलो क्षति भएको छ । रोङ ४ को निर्माणाधिन स्वास्थ्य केन्द्रको भवनमा पनि पहिरो पसेको छ । त्यसैगरी वडानम्बर ५ को कुरुङ खोला आसपासमा सडकमा क्षति पुगेको वडाअध्यक्ष युवराज खाप्तुवा राईले बताए । बर्षा र पहिरोले भएको क्षतिको अन्तिम बिवरण आउन अझै केही दिन लाग्न सक्ने बताइएको छ ।
यसै बिच वडानम्बर ४को बैठक बुधबार बस्ने भएको छ । पहिरोले प्युरे र मानाबुङमा पु¥याएको क्षतिको बारेमा मुल्याङकन गर्ने लगायतको बिषयमा छलफल हुने वडाअध्यक्ष सुर्य राईले बताए । वडानम्बर १ र २ को तीनघरे शान्तिपुर झापा सडक पनि अवरोध भएको छ । त्यस्तै हर्कटे सलकपुर सडक लगायत गाउका सबै भित्री सडक अवरोध भएको समाचार प्राप्त् भएका छन् गाउ गाउमा पहिरो र बर्षाले गरेको क्षतिको बिवरण आउन समय लाग्ने वडानम्बर ६ का वडाअध्यक्ष सुबास तामाङले बताए । हासपोखरी सारुपाखा इरौटार सडको मझुवा भन्ने स्थानमा पहिरोले बाटो बन्द रहेको कराते प्रशिक्षक एव रोङ ३ मझुवाका स्थानीय बासी राम राइले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here