भारतीय प्रधानमन्त्री नरेन्द्र मादीको ट्विटर ह्याक

0
434

काठमाडौं,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत वेबसाइटको ट्विटर ह्यान्डल ह्याक भएको छ। मोदीको ट्विटर ह्याक ट्वीटरले पुष्टि गरेको छ।

ह्याक भएपछि शृङ्खलाबद्ध ट्वीट गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी दान गर्न आग्रह गरिएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार बिहीवार बिहान ३.१५ मा मोदीसँग सम्बन्धित उक्त खाता ह्याक भएको थियो। ह्याक भएपछि गरिएका सबै ट्वीटहरू मेटिएको छ। गत जुलाईमा पनि विभिन्न ख्यातिप्राप्त व्यक्तिहरूको ट्विटर ह्यान्डलहरू ह्याक भएका थिए।

त्यति बेला अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका जो बाइडन र अर्बपति व्यापारी एलन मस्कको ट्विटर खाता पनि ह्याक भएको थियो। ट्विटरले विज्ञप्ती निकाल्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको वेबसाइटको ट्विटर ह्यान्डल ह्याक भएको सूचना पाएको र सुरक्षाका लागि आवश्यक कदम चालिएको उल्लेख गरेको छ।

​ट्विटरकी एक प्रवक्ताले उक्त विषयको जाँच भइरहेको र अन्य ट्विटर ह्यान्डल प्रभावित भएकोबारे जानकारी नभएको जनाएकी छन्। मोदीको निजी वेबसाइटका लागि प्रयोग हुने उक्त ह्यान्डललाई २५ लाखभन्दा बढी प्रयोगकर्ताले फलो गरेका थिए।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here