हत्यारा तत्काल पक्राउ गर्न संघिय संसद साँवाको आग्रह, एसपी कोइरालालाई टेलिफोन

0
792

झापा ।

झापा निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधि सभाका सदस्य एलपी साँवा लिम्बुले शिवसताक्षी नगरपालिका ११ का २९ वर्षीय गोमनसिंह मगरको हत्या घटनाका दोषीलाई तत्काल पत्ता लगाएर सार्वजनिक गर्न प्रशासनसंग माग गरेका छन् ।

उनले जघन्य प्रकृतिको हत्या घटनामा संलग्नलाई हदैसम्मको सजाय हुनुपर्ने पनि माग राखेका छन् । सांसद साँवाले प्रहरी कार्यालयको करिब एक किलो मिटर दूरीमा हत्या घटना हुनुले आम सर्वसाधरण सुरक्षाको पहुँचमा नरहेको पनि आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख कृष्ण कोईरालासंग टेलिफोन गर्दे सांसद साँवाले भने, ‘अनुसन्धानको हरेक उपाय अपनाएर भएपनि अपराधीसम्म छिट्टै पुग्न सक्नुहोस ।’

मंगलबार साँझ घरबाट निस्किएर राती अबेरसम्म पनि घर नर्फकिएपछि गोविनका आफन्त र छिमेकीले खोजी शूरु गरेका थिए । समाचार श्रोतका अनुसार परिवारका सदस्यले पौने ९ बजे फोन सम्पर्कको प्रयास गर्दा उनले प्रयोग गर्ने मोवाइलको स्वीच अफ थियो । अरुबेला साँझ वा राती उनी एक्लै घर बाहिर ननिस्कीने गरेको पारिवारिक श्रोतले बताएको छ ।

घटनाको प्रगति विवरण प्रहरीले बाहिर ल्याएको छैन । श्रोतका अनुसार तीन जनालाई प्रहरीले सोधपुछका लागि निगरानीमा राखेको छ । प्रहरीको निगरानीमा रहेका तीनै जना मृतकका व्यवसायिक निकट मानिन्छन् । तर, प्रहरीले यस विषयमा औपचारिक रुपमा केही बताउन चाहेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक कोईराला भन्छन्, ‘अनुसन्धान हुँदैछ । अपराधी नजिक प्रहरी नपुगुञ्जेल केही बताउन सकिन्न ।’

आफन्तले राती नै प्रहरीलाई खवर गरेपनि हराएका मगरको खोजीमा प्रहरीले तदारुकता नदेखाएको आफन्त तथा छिमेकीले बताएका छन् । उनको शव पूर्व पश्चिम रागमार्गको झिलझिलेबाट करिव एक किलोमिटर उत्तर सताक्षीधाम जाने सडकको नालामा घाँटी काटिएको अवस्थामा उत्तानो परेको अवस्थामा बुधबार फेला परेको थियो ।

उनले चलाउने प्रदेश ०१—०१२ प ५२२५ को मोटर साईकल शव फेला परेको स्थान देखी ५० मिटर आयोजनाको जंगल घारीमा फेला परेको थियो । रतुवा माईवृक्षारोपण आयोजनाका वन हेरालुले नालामा शव देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए ।

गोविनसिंह गएको माघमा मात्र बहाराइनबाट नेपाल आएका थिए । उनी बहाराईनमा सुरक्षा फौजमा कार्यरत थिए । तीन महिनाका लागि बहराइएनबाट नेपाल आएपछि उनले विवाह पनि गरेका थिए। उनले नेपाल बसुञ्जेल सवार हुनका लागि मोटरसाईकल पनि खरिद गरेका थिए । लकडाउनका कारण उनी विदेश जना नपाएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here