भ्रष्ट कर्मचारी र ठेकेदारलाई कारबाही गर्ने विप्लवको चेतावनी

0
348

झापा ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भ्रष्ट कर्मचारी र ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नेकपाले मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकेदार, रेल विभागका महानिर्देशकलाई कारबाही गर्न सरकारसँग माग गरेको हो। सरकारले कारबाही नगरे आफुहरुले कारबाही गर्ने विप्लव माओवादीले चेतावनी दिएको छ ।

पार्टीका प्रवक्ता समेत रहेका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ– भ्रष्ट कर्मचारी र ठेकेदारलाई कारबाही नगरे जनातको माग बमोजिम आफूहरुले कारबाही गर्ने तयार रहेका छौं ।

‘देशको उत्पादनलाई धरापमा पार्ने, मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकेदार र रेल मार्ग निर्माणका नाममा अर्बौं रकमको भ्रष्टाचारको खेल गर्ने रेल विभागका महानिर्देशक र ठेकेदार गिरोहलाई सरकारले तुरुन्तै कारबाही नगर्ने हो भने जनताको आक्रोश र कारबाहीको मागको नेतृत्व नेपाल कम्युननिस्ट पार्टीले गर्ने पार्टी प्रवक्ता प्रकाण्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

नेकपाले किसाल मल नपाएर छटपटाइ रहेको, कोरोना संक्रमितको संख्या झनझन बढ्दै गएकोबेला सरकारले मलको ठेक्का भ्रष्टहरुलाई दिएर गल्ती गरेको बताएको छ । नेकपाले यो कार्य घोर आपत्तिजनक, किसानहरूको बालीनाली माथिको खेलबाड र राष्ट्रका विरुद्ध अक्षम्य आपराधिक खेलका रूपमा लिएको जनाएको छ।

‘क्रान्तिको नेतृत्व गरिरहेको पार्टी हुनुले नेपालका व्यापारी–व्यवसायी एवम् कर्मचारी क्षेत्रसँग पार्टीका जिम्मेवार निकायबाट सहयोगको अनुरोध गर्ने बाहेक चन्दाका नाममा आतंक मच्चाउने र जबर्जस्ती असुली गर्ने कार्य पार्टीको नभएको विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here