जनताको रोजाईमा कुलमान

0
751

अमित संग्रौला,

त्यतिखेर यस्तो समय थियो । लाल्टिन र मैनबत्ती बालेर पढ्नुपथ्र्याे । दैनिक १८ घण्टा लोडसेटिङ हुन्थ्यो । तर, जब नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी जब कुलमान घिसिङले सम्भाले उनी एकाएक देशकै हिरो भएँ । देश नै उज्याले भयो । लाखौं विद्यार्थीले पढ्न पाए । गाउँ–गाँउमा उज्यालो पुग्यो । २०७३ चैत एक गते लोडसेडिङ अन्त्य भएको घोषण गरेका थिए । नेपाल विद्युत प्राधिकरण अरबौं घाटामा चुलुम्म डुबेको थियो यसको भार नेपाल सरकारलाई थियो । ठाउँ–ठाउँमा विद्युत पुगेको थिएन । यस्ता लाखौं मानिसले समस्या भोगेको हामी नेपाली जब कुलमान घिसिङ भगवान बनेर उदाए र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कुर्सीमा बसेर निःस्वार्थ भावनाले आफ्नो पदको सदुपयोग गरी राष्ट्रभक्ति बनेर काम गरे र सारा नेपालीको समस्या समाधान गरी दिए ।

नेपाल सरकारले २०७३ भदौं २९ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ११ तहका घिसिङलाई नियुक्त गरेको थियो । लोडसेडिङ अन्त्य र दिगो विकासलाई गति दिने लक्ष्यले सरकारले नियुक्त गरेको थियो । घिसिङ रामेछापको बेथानमा २०२७ साल मंसीर १० गते जन्मिएका घिसिङ विगत २० वर्षदेखि कार्यरत् छन् । ५ कक्षासम्म बेथानमै पढेका र उनले ६ कक्षापछि काठमाडौं आए, बानेश्वरको अमर आर्दश बोर्डिङ स्कूलमा पढेका हुन् । उनले सोही स्कुलबाट २०४३ सालमा एसएलसी पास गरेका थिए । लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट आइएसी गरेका उनले त्यसपछि छात्रवृत्तिमा भारतबाट इलेक्ट्रिकल इञ्जिनियरिङ बिएस्सी गरेका थिए । पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इञ्जिनियरिङमा स्नातकोत्तर सकेपछि उनले सिनामंगलको एस इन्टिच्युटबाट व्यापार प्रशासनमा पनि स्नातकोत्तर गरेका थिए ।

२०५१ सालमा प्राधिकरणको सातौ तहको इञ्जिनियरबाट शुरु गरेका उनले झण्डै २० वर्षको अविधिमा प्रशारण, वितरण र उत्पादनको क्षेत्रमा अनुभव हासिल गरेका छन् । चिलिमे जलविद्युत कम्पनीमा उनले २०६७ सालदेखि २०७१ साल असारसम्म चार वर्ष प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्भालेका थिए । रसुवागढी मध्य भोटेकोशी साञ्जेन माथिको साञ्जेन अघि बढाउन उनले विशेष भूमिका खेलेका थिए । तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले हस्तक्षेप गरेपछि उनलाई २०७१ साउनमा घिसिङलाई प्राधिकरणमा फिर्ता बोलाएको थियो । २०७१ असोजमा उनी प्राधिकरणको ११औं तह अर्थात् निर्देशकमा बढुवा भएका थिए । निर्देशक भएपछि उनी राहुघाट जलविद्युतको प्रमुखको जिम्मेवारीमा थिए ।

कुलमानको तीन वर्षको कार्यकाल स्वर्णयुग बन्यो । कार्यकारी निर्देशक भएर आएपछि धेरै विद्युत खपत गर्न, बिजुलीमै खाना पकाउन आग्रह समेत गरे । त्यति मात्र होइन प्राधिकरणमा कर्मचारीलाई मनोबल बढाउन बोनस दिने हप्तामा दुई पटक छुट्टी दिने नियम पनि राखे । अत्यधिक विद्युत चुहावटबाट घटाउन । ठाउँ–ठाउँमा विद्युतको पहुँच बढाउन । देशको राजश्व बढाउन र नाफा कमाउन बिद्युत बेच्ने योजना समेत अगाडि बढाएका छन् । निःस्वार्थ भावनाले आममानिसको मन जितेका कुलमान अहिले कार्यकाल सकिन लाग्दा राजनीति चहलपहल खेल बढ्न थालेको छ ।

दोस्रो कार्यकाल घिसिङलाई नै दिनुपर्छ जनताको माग छ । हाम्रो देशलाई चाहिने व्यक्ति कुलमान घिसिङ नै हुन् । उच्च शिक्षामा उच्च क्षमता, निःस्वार्थ अनि राष्ट्रभक्ति सबै कुरामा अब्बल छ । यदि दोस्रो कार्यकाल पनि घिसिङलाई नै दिन पायौं भने अझ झन् आर्थिक विकासमा टेवा पुग्छ । सरकारले सोचेकोभन्दा कयौं गुणा राम्रो काम गरेर देखाएका थिए । नेपाली जनता र देशका लागि प्रिय भएका थिए । अब हुने कार्यकाल उनलाई नै दिनुपर्छ भन्नेहरुको धेरै आएका छन् सामाजिक सञ्जालमा । दिनानुदिन बढिरहेको समर्थन गर्नेहरु पनि । आम नेपाली जनताहरु कुलमानको पक्षमा छन् । दोस्रो कार्यकाल पनि उनलाई दिँदा आर्थिक विकास देशको विकास अझ हुन सक्ने सम्भावना रहेको छ । नेपाली जनताले मन पराएको व्यक्ति र विश्वास समेत गरेका छन् । के अर्को कार्यकाल पनि उनले नै पाउँछन् त जनताहरु प्रश्न गर्न थालेका छन् ।

जनताहरु नै उनलाई विश्वाश गरेर कुलमानको पक्षमा छन् । समर्थन गर्नेहरुको पनि संख्या बढ्दो छ । घिसिङलाई नै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पद सम्भाल्न नदिने भन्ने शंका उत्पन्न भएको देखिन्छ । यस कुरामा राजनीति चहलपहल खेल पनि बढेकोबढ्यै छ । पदबाट हटाउन विभिन्न षडयन्त्र रच्न थालेको सुन्नमा आएको छ । दिगो विकास आर्थिक उन्नतीको लागि घिसिङको योगदान यो तीन वर्ष कार्यकालमा अतुलिनीय छ । जनताको रोजाईमा कुलमान परेका हुन् । नेपाल विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशकको पद कसको थाप्लोमा पर्ने हो त्यो त हेर्र्न बाँकी नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here