कोरोना परास्त गर्न गाह्रो छैन

0
1314

रमेश पानी पोख्रेल,

दीर्घरोगी र ज्येष्ठ नागरिकलाई बचाउन सके कोरोना संक्रमण रुघाखोकी जस्तै सामान्य समस्या रहेछ । लक्षणयुक्त संक्रमणपछि आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहँदा म यस्तो निष्कर्षमा पुगेँ ।

भाद्र ९ गते बिहान १० बजे नियमित काममा आफ्नो कार्यालय पुग्दासम्म मलाई कुनै समस्या थिएन । करिब १ बजेपछि टाउको भारी भयो दाहिने छाती दुख्न थाल्यो । म कार्यालयबाट निस्किएर घर गएँ । करिब ४ बजेपछि ज्वरो आएको अनुभव भयो म तत्काल परिवारबाट पनि आईसोलेट भई हालेँ । अरु समयमा रुघा लाग्ने, ज्वरो आउने समस्या हुँदा छाती दुख्दैन थियो । तर, यसपटक ज्वरो आउनु अगाडि नै दाहिने पट्टी छाती असाध्यै दुःखेपछि कोरोना संक्रमणको शंका लाग्यो ।

नगरपालिकामा अनुरोध गरेर भोलिपल्ट भाद्र १० गते परीक्षणका लागि श्वाब दिएँ १३ गते कोरोना रिपोर्ट पोजेटिभ आयो । रिपोर्ट पोजेटिभ आएपछि नगरपालिकाले मलाई आइसोलेसन सेन्टरमा राख्यो ।

कोरोना संक्रमणको लक्षण देखिएको दिनदेखि पहिलो चार दिन लगातार १०० देखि १०१ डिग्री फरेनहाईट ज्वरो आयो । सिटामोल खाँदा पनि तीन घण्टापछि फेरि ज्वरो आउने भइरह्यो । त्यो अवधिमा ज्वरो आउने, खोकी लाग्ने, छाती दुख्ने, टाउको दुख्ने, पुरै शरीर दुख्ने जस्ता समस्याले ग्रस्त पा¥यो । खोकी लाग्ने र घाँटी दुख्ने समस्याले स्वर बस्यो । चौथो दिनपछि ज्वरो घट्यो । खोकी र छाती दुख्ने समस्या कम कम हुँदै आठ दिनसम्म रहिरहे । मेरो अनुभवमा लक्षण देखिन थालेको चार–पाँच दिनसम्म संक्रमणले ग्रस्त बनाउने र त्यसपछिका दिनमा क्रमशः रुघा जस्तै आफै ठीक हुँदै जाने रहेछ । १०औं दिन पुग्दा म सम्पूर्ण लक्षणबाट मुक्त भए ।

गम्भीर बिमारी परेपछि लामो समयसम्म थकान महशुस हुने, टाउको दुख्ने, खाना अरुची हुने, तागत नहुने जस्ता समस्या हुन्छन् । तंग्रिन धेरै समय लाग्छ, तर कोरोना संक्रमणका लक्षणबाट मुक्त हुने बित्तिकै त्यस्ता कुनै पनि थप समस्या महशुस भइरहेको छैन । सामान्य रुघाखोकी जस्तै यस संक्रमणबाट पनि मुक्त भएपछि तत्काल ताजगी महशुस गरिरहेको छु ।

मलाई शंका लागेको दिनबाट नै मैले प्रशस्त तातो पानी, बेसार, गुर्जो, लसुन, ज्वानो, तुलसीको पात आदि सेवन गरेँ । ज्वरो ठीक नहुञ्जेल सिटामोल खाएँ र खोकी ठीक नहुञ्जेल खोकीको औषधि आठ दिनसम्म सेवन गरेँ । मनमा कुनै चिन्ता लिइन सकरात्मक सोच राखेँ । सबै इष्टमित्र र समाजले मेरो परिवार र मलाई कोरोना संक्रमित भनेर घृणा तथा छि–छि, दूर–दूर गरेन । उच्च मनोबल राख्न प्रेरित गरिरह्यो । फलस्वरुप अन्तिम रिपोर्ट नआउँदै मनोवैज्ञानिक रुपमा पूर्ण स्वस्थ भइसकेको छु ।

विभिन्न तीन अवस्थाका संक्रमितहरुकोकोरोना युद्ध पनि फरक–फरक हुने रहेछ ।

१) लक्षण नदेखिएका संक्रमितः जसको रिपोर्ट मात्र पोजेटिभ आउने तर कुनै लक्षण समेत नआउने हँुदा उनीहरुको स्वास्थ्यमा कुनै समस्या हँुदैन । अहिले करिब ९५ प्रतिशतभन्दा बढी यस्तै संक्रमित छन् । उनीहरुले अरुलाई संक्रमण सार्ने जोखिम बढी हुन्छ । सतर्क भएर आइसोलेसनमा बस्नु पर्छ । स्वास्थ्यको कुनै चिन्ता लिनु पर्दैन ।

२) लक्षण देखिएका संक्रमितः लक्षण देखिएका तर युवा उमेर र अन्य दीर्घरोग नभएका यस्ता संक्रमितका लागि कोरोनाको असर सामान्य रुघा खोकीको जस्तो मात्र हुने रहेछ । उच्च मनोबल बनाउने, धैर्य गर्ने, तातो पानी र माथि भनिएका औषधीय गुण भएका मसला र लक्षण अनुसारका औषधि खाने र अरुलाई सार्नबाट बचाउन आइसोलेसनमा बस्ने ।

३) लक्षण देखिएका दीर्घरोगी, बिरामी र वृद्धवृद्धाः यो समूहका संक्रमितका लागि कोरोना अलि जटिल संक्रमण हुन्छ । संक्रमण हुने बित्तिकै हरेस खाने, फोक्सोमा असर गर्ने, श्वास फेर्न गारो हुने, अक्सिजनको मात्रा घट्दै जाने हुनाले तत्काल आइसियु वा भेन्टिलेटरमा राख्नुपर्ने हुन सक्छ । दीर्घरोग र वृद्ध अवस्थाका कारण बढी चिन्ता लिने, खाना खान नसक्ने र स्वास्थ्यकर्मी तथा परिवारजनले पनि नजिकबाट रेखदेख गर्न नमिल्ने हुँदा यो समूहका लागि कोरोना जटिल संक्रमण हो । चिन्तामुक्त हुने, आत्मबल दह्रो बनाउने, धैर्य गर्ने, पोसिलो खाने कुरा खाने, सकरात्मक सोच राख्न सके संक्रमणबाट बच्न सकिन्छ । अरुलाई सार्नबाट बचाउन आइसोलेसनमा बस्नु पर्छ ।

समुदायमा संक्रमण बढ्दै जाँदा दीर्घरोगी, वृद्धवृद्धा सुत्केरी, गर्भवती महिला र बालबालिकामा जोखिम बढ्दो छ । रोग लागेपछि उपचार खोज्नेभन्दा पनि रोग लाग्न नै नदिनु बुद्धिमानी हुन्छ । कोरोनाको औषधि बनी नसकेको अहिलेको अवस्थामा सामाजिक दूरी कायाम गर्ने, माक्स अनिवार्य रुपमा लगाउने, भिडभाडमा नजाने, धार्मिक तथा सांस्कृतिक कार्य सानो समूहमा गर्ने जस्ता कार्य गरेर परिवारका वृद्धवृद्धा, दीर्घरोगी र बालबालिकालाई बचाउन सकियो भने कोरोना रुघाखोकी जस्तै सामान्य संक्रमण रहेछ । सावधान होऊ । न आत्तियौ कोरोना परास्त गर्न गाह्रो छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here