मृत्यु राहत सुविधावापत क्षेत्रीलाई सिम्रिकको २ ,२८,७००

0
981

तुलसीप्रसाद निरौला ,विर्तामोड  । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सदस्य मृत्यु राहत सुविधावापत एक जना शेयर सदस्यलाई दुई लाख २८ हजार सात सय रुपैयाँ प्रदान गरेको छ ।

झापाको विर्तामोड नपा ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले धुलाबारी सेवाकेन्द्र अन्तरगतका शेयर सदस्य मेचीनगर नपा ७ जोरसिमल निवासी दिपककुमार क्षेत्रीको परिवारलाई उक्त रकम प्रदान गरेको हो ।

धुलावारीमा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका शेयर सदस्य क्षेत्रीको गत भदौ १४ गते ५७ वर्षको उमेरमा असामयिक निधन भएको थियो ।
शेयर सदस्य स्व. क्षेत्रीले संस्थामा एक लाख रुपैयाँको शेयर खरिद गरेको र आफू र परिवारको नाममा ५ वर्षे पाँच वटा नियमित बचत खाता सञ्चालन गरेको धुलाबारी सेवाकेन्द्रकी प्रमुख अञ्जु प्रधानले जानकारी दिइन् ।

शेयर सदस्य स्व. क्षेत्रीको परिवारलाई प्राकृतिक मृत्यु क्षतिपूर्ति वापत एक लाख रुपैयाँ, पाँच वर्षे नियमित बचतकर्ताको मृत्यु भएकोमा राहत सुविधा ८८ हजार सात सय रुपैयाँ , एक लाख रुपैयाँको शेयर भएका सदस्यको मृत्युमा प्रदान गरिने मानोचामल वापतको रकम ३० हजार र आजीवन राहतकोष सदस्य वापत १० हजार रुपैयाँ गरी दुई लाख २८ हजार सात सय रुपैयाँ मृत्यु राहत सुविधावापत प्रदान गरिएको उनले वताइन् ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर बस्नेत , कोषाध्यक्ष हरिप्रसाद कडरिया, सञ्चालक सदस्य इन्द्रबहादुर कार्की , विभागीय प्रमुख मिनवहादुर अधिकारी ,प्रेम वस्नेत (विजय ), धुलाबारी सेवाकेन्द्रकी प्रमुख अञ्जु प्रधानले स्व. क्षेत्रीकी श्रीमती राधिकादेवी क्षेत्रीलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण अघि आयोजित श्रद्धाञ्जलि सभामा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाको सदस्य बनेर स्व. क्षेत्रीले संस्थाको उन्नती प्रगतिका लागि आफूहरुलाई सदैव हौसला र प्रेरणा दिने गरेको बताए ।

उनले संस्थामा स्व. क्षेत्री जस्ता असल शेयर सदस्यको अभाव भइरहने बताउँदै शेयर सदस्यको सुख दुःखमा सिम्रिक साकोसको सदैव साथ रहने बताए ।

संस्थाका सञ्चालक सदस्य इन्द्रबहादुर कार्कीले वाचन गरेको समवेदना पत्र स्व. क्षेत्रीका परिवारलाई संस्थाका अध्यक्ष वस्नेतले हस्तान्तरण गरेका थिए ।

त्यस्तै स्व. क्षेत्रीकी श्रीमती राधिकादेवी क्षेत्रीले आफ्ना शेयर सदस्यहरुलाई सिम्रिक साकोसले परिवारकै सदस्य जस्तो व्यवहार गरेर श्रीमान्को निधनमा घरमै आएर समवेदना पत्रसहित रकम प्रदान गरेकोमा सिम्रिक साकोसको गुण कहिल्यै नविर्सने बताइन् ।

कार्यक्रमको सहजीकरण विभागीय प्रमुख प्रेम बस्नेत (विजय )ले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here