शिक्षा सहकारीद्धारा पीसीआर प्रयोगशालाका लागि ५१ हजार सहयोग

0
746

विर्तामोड ।

देशभरि कोरोना संक्रमित बढ्दै गएको बेला झापामा जनस्तरमा रकम संकलन गरी स्थापना गरिएको पीसीआर परीक्षण प्रयोगशालाका लागि विर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

नेपालमा लकडाउन शुरु भएपछि जिल्लामा संकटमा परेकाहरुलाई राहत पुर्याउन सञ्चालन गरिएको एकका लागि एक अभियानको अगुवाइमा जनस्तरबाट पहिलो पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनको तयारी गरिएको थियो ।

सबै क्षेत्रबाट स्वतःस्फूर्त रुपमा सहयोग प्राप्त भएपछि कनकाई नगरपालिकाको समर्पण भवनमा प्रयोगशाला स्थापना गरिएकोमा प्रक्रिया पुर्याएर चाँडै सञ्चालनमा ल्याइने अभियानका सह संयोजक विनोद वस्नेतले जानकारी दिएका छन् ।

शिक्षा सहकारीले आफ्नो प्रतिबद्धता अनुरुप ५१ हजार रुपैयाँको चेक बुधबार अभियानका सहसंयोजक वस्नेत र झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललाई संयुक्त रुपमा हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष सुब्रत न्यौपाने र सचिव दिपेश द्यौरालीले चेक हस्तान्तरण गरेका थिए ।

प्रयोगशालाका लागि झापाका सहकारीहरुकको तर्फबाट २५ लाख रुपैयाँ प्रतबद्धता जनाएकोमा अब थोरै रकम मात्र जम्मा हुन बाँकी रहेको संघका अध्यक्ष ढकालले बताए ।

प्रयोगशालाका लागि जनस्तरबाट झण्डै एक करोड रुपैयाँ संकलन भएको अभियानका संयोजक सहारा नेपालका काइृकारी प्रमुख महेनद्रकुमार गिरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here