देवरको कुटाइबाट भाउजुको मृत्यु

0
781

भोजपुर,

जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरि भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ।

टेम्केमैयुङ गाउँपालिका – ५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो।

गत २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटपछि डिलबाट हुत्याएर आफु घर आएको र बिहान हेर्दा घर छेउको सुँगुरको खोरमा केशरमाया मृत अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्ण कुमार चन्दले जानकारी दिए।

राजकुमारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here