भोजपुरमा लकडाउन : उल्लङ्घन गरे कारबाही

0
1134

भोजपुर ।

पूर्वी पहाडी जिल्ला भोजपुरमा बिहीबारदेखि पुनः लकडाउन सुरु भएको छ ।

कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको भन्दै हप्ता लकडाउन गर्ने निर्णय भएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र भोजपुरको बैठकले जिल्ला भरका खाद्यान्न र तरकारी पसल दिउँसो ३ बजेदेखि ५ बजेसम्म खोल्न पाउने गरी एक हप्ता लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए।

लकडाउनका बेला अत्यावश्यक कामबाहेक जिल्लाभर भीडभाड हुने क्षेत्रसहित बजार, होटल, यातायात तथा सीमा क्षेत्र बन्द गरिएको छ । बुधबार भोजपुरको षडानन्द नगरपालिकामा ५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here