पितृको स्मृतिमा आरतीको सामाजिक कार्य

0
533

बिर्तामोड ।

श्राद्ध पूर्वक गरिएको पितृ कार्यले पितृ तथा कर्ताको कल्याण हुन्छ भन्ने मान्यताले सोह्रश्राद्ध गर्ने गरिन्छ । आफ्ना पितृहरूको मृत तिथिमा गरिने पितृ यज्ञलाई श्राद्ध भनिन्छ । सोह्रश्राद्धमा वैदिक सनातन परम्पराअनुसार सबैले आ – आफ्नै तौल तरिकाले पितृको सम्झनामा यो कर्म गरेका छन् ।

बिर्तामोड निवासी आरती नेवार श्रेष्ठले भने आफ्ना पितृको सम्झनामा फरक तरिकाले यो कर्म गरेकी छिन् । उनले शिवसताक्षी नगरपालिकामा रहेको सतासीधाममा आश्रितहरुको सेवा गरेर पितृको सम्झना गरेकी छिन् । १९ जना ज्येष्ठ नागरिकलाई सम्झना गर्दै उनले लत्ताकपडा र फलफूल बितरण गर्दै आफ्ना वुवा धनवहादुर आमा पञ्चमति लिम्बू र काका धनकेशर लिम्बूको सम्झना गरिन । हरेक वर्ष उनले पितृकार्य यसैगरी गर्दै आएकी छिन् यस वर्षपनि उनले सतासीधाममा रहेका ज्येष्ठ नागरिकलाई आमा वुवा सम्झेर श्राद्धको कर्म गरेकी छिन् ।

ज्येष्ठ नागरिक ज्यूदा तिर्थ हुन भन्दै उनले सबैलाई मिठो भोजन गराउनुका साथै एक सरो लत्ताकपडा समेत प्रदान गरिन् । उनले यो संगै पाँच वोरा चामल समेत प्रदान गरिन ।

लायन्स क्लव अफ बिर्तामोड लेडी र लियो क्लव अफ बिर्तामोड लेडीको संयुक्त आयोजनामा ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।

लायन्स क्लव अफ बिर्तामोड लेडीकी अध्यक्ष उर्मिला विमली (खरेल), लियो क्लवकी अध्यक्ष मनिषा विमलीले ज्येष्ठ नागरिकलाई सम्मानसंगै दोसल्ला ओढाएका थिए । पितृको श्रमृतिमा गरिएको यो कार्य अत्यान्त राम्रो भएको बताउँदै यसले अरुलाई पनि शिक्षा प्रदान गर्ने उनीहरुको भनाई थियो । प्रमुख अतिथि लाइन्स क्लबको एरिया टिम लिडर कोमल शाक्य, एरिया कोअडिनेटर सत्यनारायण शर्मा, रिजन चियर पर्सन ओमकृष्ण विमली, मन्दिर ब्यवस्थापन समिति अध्यक्ष प्रसाद सुब्बाको सहभागिता थियो ।

आश्रममा रहेका वृद्ध वृद्धा पनि श्रेष्ठको यस्तो कार्य प्रति खुशी देखिन्थे । वृद्धवद्धाले श्रेष्ठलाई आर्शीवाद समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here