कमल पूलमा बेवारिसे शव फेला

0
1251

विनोद सापकोटा /झापा।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ३ स्थित कमल खोलाको पुलमा आईतबार बिहान अडकिएको अवस्थामा बेवारिसे शव फेला परेको छ ।

स्थानीयले कमल खोलामा आएको बाढीले बगाएर उक्त शव ल्याएको हुन सक्ने बताएका छन् । शुक्रबार ईलाम लगायतका पहाडी जिल्लामा भारी बर्षा भएको थियो । जसका कारण खोलामा पानिको बहाव बढेको थियो ।

अण्डर वेयर मात्र लगाएको अवस्थाको ३०–३५ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको स्थानीय भिम भारतीले बताए ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ३ र कमल गाँउपालिका वडा नम्बर ४ को कमल खोलाको निर्माणाधिन पुलमा अड्किएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयका अनुसार उक्त शव मंगोलिय समुदायको हो । शव फेला परेको स्थानमा प्रहरीको टोली जाँदै गरेको झापा प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here