एक सय ५७ बर्ष पछि चियाको आफ्नै लोगो

0
1106

गणेश अर्याल / इलाम । 

कृषि तथा पशुपंक्षी बिकास मन्त्री घनश्याम भुसालले चियाको आफ्नो लोगो (टेड्रमार्क) कार्यान्वयसंगै नेपालको कृषि क्षेत्रमा समृद्धिको ढोका खुलेको बताएका छन् ।

नेपाल सरकारले जारी गरेको चियाको लोगो बितरण गर्दै मन्त्री भूषालले बिभिन्न समस्याका बीच नेपालमै पहिलो पटक नेपाली चियाको लोगो कार्यान्यवयमा आए पछि कृषि क्षेत्रमा समृद्धिको ढोका खुलेको बताएका हुन् ।

नेपाली चिया रोपणको १ सय ५७ बर्ष पछि राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको आयोजनामा इलामको सूर्योदय नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा बिभिन्न उद्योगहरुलाई लोगो बितरण गरिएको हो ।

नेपाली अर्थोडक्स चिया टेडमार्क कार्यान्वयन अन्र्तगत पूर्वका १२ वटा अर्थोडक्स चिया उद्योग तथा सहकारीलाई टेडमार्क बितरण गरिएको हो । मंगलबार इलामको फिक्कलमा आयोजित एक कार्यक्रममा सो लागो बितरण गरिएको हो । यसरी लोगो पाउनेहरुमा सन्दकपुर टि प्रोसेसर प्रा।लि इलाम, हिमालयन सांग्रिला टि प्रोडुसर्स प्रा।लि इलाम।, जस्विरे टि प्रशोधन उद्योग इलाम र गोर्खा टि स्टेट प्रा।लि। इलाम रहेका छन् ।

त्यसैगरी नेपाल ग्रीन टि एण्ड स्पेसियालिटि कारखाना, ओएसीस टि एण्ड इन्डस्ट्रिज , तारा गाउँ टि स्टेट, साखेजुङ हिल रेज चिया प्रसोधन उद्योग, उच्च पहाडी चिया उत्पादक सहकारी संस्था, सगरमाथा टि स्टेट प्रा।लि।, बोक्रेडाडा अर्गानिक अर्थोडक्स चिया उद्योग र हिंहदेबी चिया उत्पादक सहकारी संथाले सञ्चालन गरेको चिया कारखानाले पनि लोगो पाएका छन् ।

लोगो हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले चियाको लोगो कार्यान्वयनमा आए संगै चिया सहित अन्य कृषिजन्य बस्तुको अन्तराष्ट्रिय बजारीकरणमा ढोका खुलेको बताए । मन्त्री भुसालले भने, चियाको लोगो पाउनु चिया किसान उद्योगी मात्र नभएर देशकै समृद्धि हुने पनि बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले जैविक कृषि उत्पादनमा लाग्न जोड दिए । उनले लोगो पाउदाको खुसी सधै कार्यान्वयन गर्न किसान, उद्योगी र सरकार समेत सचेत बन्नु पर्ने बताए ।

चियाको राजधानी मानिएको सूर्योदय नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले लोगो कार्यान्वयनमा आए पनि केहि असमतिका बुदा कार्यान्वयन गरेर जानु पर्ने बताए । उनले राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड लोगो कार्यान्वयन नीतिमा केहि संसोधन गर्नु पर्ने बताए ।

कार्यक्रममा इलामका चिया उद्योगी उदय चापागाइले लोगो कार्यान्वयनको लागि निकै मिहेनत गरेको बताउदै नेपालको चियालाई अन्तरराष्ट्रिय बजारमा पु¥याउन सहज भएको बताए ।

हालसम्म नेपालको चिया बिभिन्न फरक फरक नामहरुमा बिदेशको बजारमा जाने गरेको थियो । बिभिन्न चिया उद्योगहरुले लोगो कार्यान्वयनको लागि निबेदन दिएपनि मापदण्ड नपुकेका केही कारखानाहरुलाई भने लोगो दिइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here