हिन्दू जागर नेपाल झापाको अध्यक्षमा निरौला

0
650

बिर्तामोड, 

हिन्दू जागरण नेपाल झापाको अध्यक्षमा खगेन्द्र प्रसाद निरौला चयन भएका छन् ।
हिन्दू जागरण नेपालको माध्यमबाट हिन्दूत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्दको महाअभियान सञ्चालन गर्ने उद्देश्यले गठित समितिको उपाध्यक्षमा सविता कटुवाल, सचिवमा सीताराम तिम्सिना, सहसचिवमा सीर्जना प्रसाई , कोषाध्यक्षमा निरोज खनाल र सह कोषाध्यक्षमा जीवन सुवेदी रहेका छन् ।


समितिको सदस्यमा चन्द्रप्रकाश अधिकारी, गंगा थापा, कृष्ण निरौला, अनिता अर्याल, यमप्रसाद खतिवडा,बालकृष्ण निरौला, चिरन्जीवि ढुङ्गाना, नानु पंगेनी, मीरा कडारिया रहेका छन् । त्यस्तै शिशिर कश्यप,मीना देऊजा कोईराला, खगेन्द्र खनाल, गंगाराम नेपाल, खगेन्द्र निरौला, रामु ढुङ्गाना, भीम पौडेल , वविता लम्साल, अजय भण्डारी, खेम दंगाल र विवेक गुरागाई रहेका छन् ।

हिन्दू जागरण नेपाल गैर–सरकारी संस्था हो । यसमा सनातन हिन्दू धर्म–संस्कृति र परम्परागत नेपाली समाजका मौलिक धर्म संस्कार मान्यताहरूलाई प्राथमिकता दिने र माया गर्ने जोसुकै सदस्य बन्न सक्ने अध्यक्ष निरौलाले बताए । धार्मिक, जातीय, क्षेत्रीय र लिङ्गका आधारमा कुनै प्रकारको भेदभाव गरिने छैन अध्यक्ष निरौलाले भने – छुवाछुतका सवालमा ‘हिजाने’मा ‘शून्य–सहनशीलता’को स्पस्ट दिशा छ र जातजातिका आधारमा कुनै प्रकारको भेदभाव हुँदैन । यो सबै नेपालीहरूको साझा संस्था हो ।

गठित समितिले नेपालका सबै परम्परागत धर्म, संस्कृति र संस्कारहरुका बारेमा जनचेतना जगाउने, नेपालका परम्परागत धर्म र संस्कृतिहरू बीच समन्वय कायम गर्ने र सहकार्य गर्ने, नेपाली युवावर्गलाई आफ्नो परम्परागत धर्म–संस्कृतिमा गौरव गर्न सक्ने वातावारण सृजना गर्ने, धर्मपलायनबाट रोक्न नेपाली युवाहरूलाई सीपमूलक तालिम दिने र स्वरोजगारको न्यूनतम ब्यवस्था मिलाउन समस्त सरोकारवाला संग सहकार्य गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here