करेन्ट लागेर सुपरभाईजरको मृत्यु

0
821

ओखलढुंगा।

ओखलढुंगाको सिद्धिचरण–१२ सिमलडाँडा मोलुङ–१ कुन्तादेबी बस्ने २८ बर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको छ ।

मृतक खत्री मोलुङ खोला हाईड्रोपावर टान्समिसन लाईनको सुपरभाईजर रहेको खुल्न आएको छ । आज बिहान पौने ११ बजे सिमलडाँडा स्थितमै बिजुली सप्लाईको मेन्टिनेन्सको लागी जम्पर छुटाउन बिजुलीको पोलमा चढेको अबस्थामा बिधुत सर्ट हुँदा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर पोलमै अड्किएको अवस्थामा उनलाई उद्धार गरी उपचारार्थ सामुदायिक मिसन अस्पताल ओखलढुंगा लगिएकोमा डाक्टरले खत्रीको मृत्यु भईसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here