विद्युत् प्राधिकरणको जीप खोलाले बगायो, दुईजनाको मृत्यु, एक बेपत्ता

0
761

कपिलवस्तु।

कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित कोइलीखोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको एउटा जीप बगाउँदा दुईजनाको मृत्यु भएको छ । बुधबार अपराह्न वाणगंगा नगरपालिका-७, भलवाडमा विद्युत् बनाएर फर्किनेक्रममा बा१ञ १०८९ नम्बरको जीप बगाएको थियो ।

मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका उपल्लो तम्घासका प्राधिकरणका सवारीचालक माधव पाण्डे रहेका छन् । अर्का एकजनाको शव गाडीभित्र रहेको र निकाल्ने प्रयास भइरहेको बताइएको छ । जीपभित्र विद्युत् प्राधिकरण जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एकजना व्यक्तिसमेत थिए ।

मोतीपुर कवजे पार गर्नेक्रममा जीप बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । जीपमा विद्युत्का चारजना कर्मचारी र दुईजना सर्वसाधारण चढेका थिए । दुई कर्मचारी र एक सर्वसाधारण भाग्न सफल भएका वाणगंगा नगरपालिका-७ का अध्यक्ष विष्णु गिरीले बताउनुभयो ।

घटनास्थलमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । बेपत्ताको खोजतलास जारी रहेको रहेको सशस्त्र प्रहरी २८ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ध्रुबबहादुर कार्कीले बताउनुभयो । खोलामा पानीको बहाव बढेकाले खोजतलास गर्न असहज भएको जनाइएको छ ।-इमेजखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here