प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले दिए राजीनामा

0
976

काठमाडौं,

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन्।

कार्यवाहक श्रेष्ठले कार्यकाल नसकिँदै राजीनामा दिएका हुन्। श्रेष्ठले आज प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र बुझाएका हुन्।

३ वर्षअघि तत्कालिन अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि रिक्त पदमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो।

कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिएपनि श्रेष्ठ काउन्सिल सदस्यको पदमा भने यथावत् रहने छन्। श्रेष्ठको पदावधि यही असोज १२ गते सकिँदैछ। कार्यवाहक अध्यक्षका रूपमा भूमिका निर्वाह गरेको अवधि कठिनपूर्ण रहेको श्रेष्ठले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

श्रेष्ठले राजीनामा दिएपछि उनको प्रेस काउन्सिल नेपालको आज बसेको बोर्ड बैठकबाट ज्येष्ठ सदस्य गोपाल बुढाथोकी कार्यवाहक अध्यक्षमा नियुक्त भएका छन्। उनी साँघु साप्ताहिकका सम्पादक हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here