झापाका व्यपारीसंग पैसा असुल्ने चार जना प्रहरी निलम्वनमा

0
866

झापा ।

एक जना ट्राफिक प्रहरी सहित झापाका चार जना प्रहरी निलम्वनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आचरण विपरित काम गर्ने चार जना प्रहरी दमकबाट निलम्वनमा परेका हुन् ।

मल व्यवसायीसँग पैसाको लेनदेन गरेको आरोपमा प्रहरी नायव निरीक्षक हवल्दार, जवान र एक जना ट्राफिक प्रहरी निलम्बनमा परेका हुन् ।

बिल बिना नै युरिया मल ल्याउदै गरेको ट्याक्टर ताराबारी ढाटमा बसेका प्रहरीले पक्राउ समातेका थिए । तर, माथिल्लो तहमा खबरै नगरि भोलिपल्टै छाडेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितका अनुसार प्रहरीको चेन अफ कमाण्ड उल्लघंन गरेपछि उनीहरुलाई निलम्वन गरेर छानविन भइरहेको छ ।

निलम्वनमा पर्ने चार जना प्रहरीहरु भरत कोइराला, शिवचन्द्र मुखिया, भीमलाल चौधरी र अर्का एक ट्राफिक प्रहरी निलम्बनमा परेका हुन् । भदौ २४ बेलुका ताराबारीमा उनीहरुले ट्याक्टर समातेका थिए । उनीहरुले ६५ हजार रुपैयाँ लिएर ट्याक्टर छाडेको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here