कोरोना कहर : गाउँ गाउँमा विकासको लहर

0
1006

सुरेन्द्र भण्डारी / बाह्रदशी ।

बाह्रदशी गाउँपालिकामा बिकास निर्माणका कामले गति लिएको छ ।  कोरोना कहरकाबीच पनि गाउँपालिकामा सञ्चालित विकासका ठूला आयोजना अघि बढाइएको छ । बाह्रदशी गाउँपालिकाको गौरबको आयोजना उज्यालो बाह्रदशीको काम सम्पन्न भएको छ भने अन्य ठूला विकास आयोजनाका काम धमाधम भइरहेको गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए ।

नेपाल विद्युत प्राधिकरणसंग सहकार्य गर्दै गाउँपालिकाले चार करोड रुपैयाँ खर्च गर्दै गाउँपालिका भित्र विद्युत सेवा विस्तार गरिएको हो । जसका लागि बाह्रदशी गाउँपालिकाले गौरवको आयोजनाका रुपमा तीन वर्ष अघिदेखि उज्यालो बाह्रदशी अभियान सञ्चालन गरेको थियो । अभियान अन्तरगत गाउँपालिका सबै नागरिक विद्युत सेवाको पहुँचमा पुगेका छन् ।

यस अघि गाउँपालिकाको ६० प्रतिशत घर धुरीले मात्रै विद्युत सेवा उपयोग गर्दै आएका थिए । स्थानीय तह गठनको पहिलो वर्ष नै हरेक नागरिकको घर– घरमा विद्युत सेवा पु¥याउने उद्देश्यले गाउँपालिकाले उज्यालो बाह्रदशी अभियान घोषणा गर्दै काम शुरु गरेको थियो ।

उज्यालो बाह्रदशी सहित बाह्रदशी गाउँपालिकामा अहिले ६ करोड रुपैयाँको लागतमा वडा नं ५ स्थित घाग्रा खोलामा पक्की पुल निर्माण शुरु भएको छ । बाह्रदशी—५ पाख्रीबास पूर्व घाग्रा खोलामा ६ करोड ५९ लाख ३९ हजार ७ सय ७५ रुपैयाँमा पक्की पुल निर्माणको काम शुरु भएको हो ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयअन्तर्गत पूर्वाधार विकास कार्यालय भद्रपुरले बजेट उपलब्ध गराएसंगै संघीय सांसद राजेन्द्रप्रसाद लिङ्देनले पुलको शिलन्यास गरेका छन् ।
शिलन्यास कार्यक्रममा संविधानसभा सदस्य हरि राजवंशी, प्रदेश सांसद पूर्णसिंह राजवंशी, बाह्रदशी गाउँपालिका अध्यक्ष राजवंशी सहभागी थिए ।

त्यस्तै गाउँपालिकाले गौरव आयोजनाका रुपमा वाह्रदशी – ६ साधुकुट्टीमा झण्डै १२ करोड रुपैयाँको लागतमा भ्यू टावर निर्माणको काम अघि बढाएको छ । धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा रहेको साधुकुट्टीको विकास गर्ने उद्देश्यले भ्यू टावर निर्माणको काम अघि बढाएको अध्यक्ष राजव.शीले बताए । यो वर्ष गाउँपालिकाले १ करोड रुपैयाँ वजेट विनियोजन गर्दै भ्यू टावर निर्माणको काम अघि बढाएको छ ।

त्यस्तै २२ विगाह क्षेत्रफलमा फैलिएको साधुपर्ती झिललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले ३६ करोड रुपैयाँको लागतमा पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको अध्यक्ष राजवंशीको भनाई छ । जसका लागि गुरु योजना निर्माण गर्दै काम अघि बढाइएको छ । साधुपर्तीमा दक्षिण क्षेत्रकै सबैभन्दा ठूलो पोखरी र नजिकै चारकोसे जंगल रहेकाले यस ठाउँको विकास गर्दै आन्तरिक र वाह्रय पर्यटक भित्र्याउने उद्देश्यले साधुपर्तीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको हो ।

त्यस्तै वाह्रदशी गाउँपालिका ६ कुमालगाउँ जोड्ने सडक निर्माण कार्य अघि बढाइएको छ । दुई करोड रुपैयाँको लागतमा पुल निर्माण कार्य अघि बढेको हो । यसैगरी मेचेगाउँ, कोनावारी पूर्व अन्धुवा खोलामा पक्की पुल र साधुपर्ती जोड्ने सडकको अन्धुवा खोलामा समेत ठूला पक्की पुल निर्माणको काम शुरु गर्न लागिएको अध्यक्ष राजवंशीले बताउनुभयो ।

यता राजगढ बजारलाई स्मार्ट सिटीका रुपमा विकास गरेर लाने उद्देश्यले गाउँपालिकाले एक करोडको लागतमा बजार व्यवस्थापनको काम शुरु गरेको छ । दक्षिण क्षेत्रकै पुरानो बजारका रुपमा रहेको राजगढको विकास संगै त्यहाँको मुहार फेरिने अपेक्षा सहित वाजारको स्तरोन्नति गर्न लागिएको हो ।

राजगढ वजार पूर्व इलाका स्वास्थ्य चौकी राजगढसम्म जोड्ने सडकलाई कालोपत्रे गर्ने काम अघि बढाइएको बताइएको छ । यता वाह्रदशी ५ मा समेत ३३ लाखकको लागतमा उच्चस्तरीय ग्राभेलको काम शुरु भएको अध्यक्ष राजवंशीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here