रिक्सा वितरण

0
579

बिर्तामोड,मंसीर २० । logo-of-purwanchalनेपाल रिक्सा तथा ठेला श्रमिकसंघ अनारमनी इकाई समितिले एक कार्यक्रमका वीच रिक्सा हस्तान्तरण गरेको छ ।
अनारमनीमा आयोजित एक समारोहका वीच तोफा राजवंशीलाई रिक्सा हस्तान्तरण गरिएको थियो । राजवंशीलाई नेपाली कांग्रेस क्षेत्र नं २ का नव निर्वाचित सभासद शुधीरकुमार सिवाकोटीले सो रिक्सा हस्तान्तरण गरेका थिए ।
नेपाल रिक्सा तथा ठेला श्रमिकसंघ अनारमनी इकाई समिति अध्यक्ष वेकलसिह राजवंशीको सभापतित्वमा भएको कार्यक्रममा अनिल ढुङ्गाना, भोजराज सिटौला, प्रेम उप्रेती, गंगा ओडारी, लगायतले वोलेका थिए । देवी राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन राजकुमार राजवंशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here