दुहागढीको दुर्गा मन्दिरमा पुजा समिति गठन

0
940

दुहागढी ।

बडा दशैंको अवसरमा झापा को दुहागढी बजारमा अवस्थित दुर्गा मन्दिरमा गरिने पुजालाई व्यवस्थित गर्न पुजा समिति गठन गरिएको छ ।

नवगठित समितिको अध्यक्ष भरत राजवंशी, उपाध्यक्ष प्रवेश पनेरु, सचिव संजिव आचार्य, सह–सचिव अजय राजवंशी र कोषाध्यक्षमा रञ्जु सुवेदी चयन भएका छन् ।

१५ सदस्यीय समितिका सदस्यहरुमा खिनमाया ढकाल, सरिता सिटौला, विनोद भट्टराई, गणेश सुवेदी, दिल कुमार राजवंशी, काँशीनाथ पनेरु, विपिन काफ्ले, महेश न्यौपाने र टेकेन्द्र चौधरी रहेका छन् ।

भेलाले हरि प्रसाद घिमिरेको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । नगर परिषद सदस्य लाल महमद मियाको अध्यक्षतामा सम्पन्न भेलामा दुहागढीको पुरानो शक्तिपिठको रुपमा रहेको सो मन्दिरमा गरिने पुजालाई कोरोना महामारीका कारण सुरक्षाको उपाय अवलम्बन गर्दै सम्पन्न गर्ने निर्णय समेत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here