झापा ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै १९ औं पटक अनसनरत वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै जीवन रक्षा गर्न मौलिक जरोकिलो पार्टीले सरकारसंग माग गरेको छ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै पटक–पटक अनसन गर्ने, सरोकारवाला निकाय माग पुरा गर्न सहमत हुने तर माग पुरा नहुने खेल पटक पटक दोहोरिनु लज्जास्पद विषय भएको पार्टीको ठहर रहेको आज जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रवक्ता लक्ष्मण पोख्रेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ – यस अघि पनि छोराको हत्यारालाई सजायको गर्नुपर्ने माग राखेर अनसन बस्नु भएका नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा मृत्यु भइसकेको र डा. केसीले पनि त्यस्तै नियति भोग्नुपर्ने अवस्था आउनसक्ने देखिएकोले तत्काल जीवन रक्षा लागि पहल गर्न मौलिक जरोकिलो पार्टी सरकारसंग माग गरेको छ ।































