भिटौरी कर छुट गर्न माग

0
1127

बिर्तामोड ।

माई नगरपालिकामा ऐलिनी जमिनमा बसोवास गर्दै आएका व्यक्तिहरुबाट चर्काे भिटौरी कर उठाएको भन्दै जनता समाजवादी पार्टीले विरोध जनाएको छ ।

भूमि ऐन सम्वन्धि ज्ञान नभएका जनतालाई स्थानीय सरकारले सहुलियतमा सेवा प्रदान गर्नुको सट्टा कर असुलेर सास्ती दिएको भन्दै माई नगरसमितिले नगरपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

नगरप्रमुख दीपक थेवेलाई पार्टीका अध्यक्ष टुपेन्द्र येक्तेनले ध्यानाकर्षण पत्र बुझाउँदै भिटौरी करमा विशेष छुट दिन आग्रह गरेका छन् ।

कोभिड १९ को महामरीमा देश गुज्रिरहेका बेला गरीव जनतालाई विभिद समस्या परेको र यस्तो अवस्थामा नगरपालिकाले निमुखा जनतासंग भिटौरी कर उठाएर ढाड सेकेको भनिएको छ ।

पार्टीले कर छुटको माग गर्दै नगरपालिका भित्रका १० वटै वडा कार्यालयमा समेत वोदाथर्ज दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here