तयारी नपुगेको भन्दै नेकपाको सचिवालय बैठक स्थगित

0
675

काठमाडौं।

सरकारले भर्खरै गरेका केही महत्वपूर्ण राजनीतिक नियुक्ति र पार्टीका अन्य विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज बोलाएको सचिवालय बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सल्लाहमा बैठक स्थगित गरिएको हो । दाहालका प्रेस संयोजक विष्णु सापकोटा (जुगल) ले बैठक आइतबार बस्ने तर समय भने निर्धारण भइनसकेको जानकारी दिएका छन् ।

सचिवालय बैठकका एजेण्डाको विषयमा थप गृहकार्य गर्नुपर्ने भएकाले पनि बैठक स्थगित गरिएको जनाइएको छ । सरकारले गरेको राजनीतिक नियुक्तका विषयमा पार्टीमा केही असन्तुष्टि देखा परेपछि सचिवालय वैठक बोलाइएको थियो ।

त्यसैगरी मन्त्रिपरिषद विस्तारको सम्वन्धमा पनि दुई अध्यक्षबीच कुरा मिल्न सकेको छैन । केही दिनयता दुई अध्यक्षबीच निरन्तर छलफल भईरहेपनि सहमति भने जुट्न सकेको छैन ।

यस अगाडि असोज ४ गते बसेको सचिवालयको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको सैद्धान्तिक विषयमा सहमति भएको थियो । त्यसैगरी नेकपामा सांगठनिक एकताको विषयमा पनि छलफल भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here