बिर्तामोडमा सरसफाई अभियानलाई तीव्रता

0
843

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

पूर्वको व्यापारिक केन्द्रको रुपमा परिचित बिर्तामोडलाई स्वच्छ , हरियालीमय बनाउन सरसफाई कार्यक्रमलाई तीव्रता दिइएको छ ।

स्वच्छता मेरो पहिचान, सफाईमा मेरो योगदान,सरसफाई अभियान देशव्यापी बनाऔं भन्ने मूल नारासहित विगत तीन बर्षदेखि शुरु गरिएको बिर्तामोड सरसफाई अभियान अन्तर्गत हरेक शनिबार बिर्तामोडमा सरसफाई गरिँदै आएको छ ।
बिर्तामोड सरसफाई अभियानले बिर्तामोडका विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारी , जनपथ प्रहरी , ट्राफिक प्रहरीहरुको सहकार्य र सहभागितामा हरेक शनिबार बिर्तामोडमा सरसफाई गर्दै आएको बिर्तामोड सरसफाई अभियानका संयोजक बिष्णु आचार्यले बताए ।

बिर्तामोड सरसफाई अभियानको श्रृंखला अन्तर्गत शनिबार बिर्तामोड सरसफाई अभियान, ,रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनको संयुक्त आयोजनामा बिर्तामोड मुक्ति चोक पूर्बपट्टि रहेको डिभाइडरभित्र सरसफाई गरिएको ,रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारीले जानकारी दिए ।

बिर्तामोड मुक्ति चोक पूर्बपट्टि रहेको डिभाइडरभित्र विभिन्न फूलका विरुवा रोपिने र विभिन्न जनचेतनामुलक सन्देश दिने स्टीकर , पर्चा टासिने योजना रहेको उनले बताए ।

बिर्तामोड सरसफाई अभियानका संयोजक बिष्णु आचार्य , रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका चार्टर प्रेसिडेन्ट सन्तोष अग्रवाल , सेक्रेटरी सिद्धार्थ नविन उप्रेती , टीच डाइरेक्टर शरद जोशी , रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट प्रकृति न्यौपानेलगायतको सरसफाईमा सहभागिता रहेको थियो ।

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले शनिश्चरे सडकखण्डमा जेव्रा क्रसिङ निर्माण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा सई नारायण आचार्यले जानकारी दिए ।

यात्रुले जथाभावी सडक पार गर्दा दुर्घटना बढेकाले जेव्रा क्रसिङ निर्माण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जवेगूले बताए । उनले सडक पार गर्ने यात्रुलाई जेव्रा क्रसिङबाट मात्र सडक पार गर्न आग्रह गरे ।

त्यस्तै लायन्स क्लब अफ बिर्तामोडले बिर्तामोडको मुक्तिचोकभित्र रहेको गमलामा रङ्गरोगन गरेको लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष मोहन मित्तलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here