युएईमा इकमर्स व्यावसाय शुरु गर्दै नेपाली नर्स

0
1278

रामप्रसाद ढुंगेल / युएई।

युएईको रास अल खेमाको एक अस्पतालमा कार्यरत नेपाली नर्स कल्पना गौंडले आफ्नो लगानीमा इकमर्स व्यावसाय सुरुवात गरेकी छन् । नेपालीपन, नेपाली उत्पादन, नेपाली मौलिकता र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उदेश्य लिएर यो व्यापार शुरु गरेको युवा व्यावसायी कल्पनाले बताएकी छन् ।

कोरोनाको कारण फस्टाउन थालेको अनलाइन कल्चरलाई सदुपयोग गर्न कल्पनाले राकमा फामकल स्टोर्स एलएलसी संचालनमा ल्याएकी हुन् । युएईमा कार्यरत सबै देशका बासिन्दाहरुलाई नेपाली उत्पादनहरुबारे जानकारी दिई नेपाली उत्पादनको बजारीकरण गर्न आफुले यो व्यावसाय शुरु गरेको व्यावसायी कल्पना गौंडले जानकारी दिएकी छन् ।

नेपाली टि-शर्ट, नेपाल र नेपाली झन्डा अंकित सामानहरु, पस्मिना, चरेसका थाल, भादगाउँले टोपी, हस्तकलाका सामग्री,आकर्षक गहनाहरु लगायतका नेपालीपन झल्काउने सामानहरु बिक्री गरिने व्यावसायी गौंडले जानकारी दिएकी छन् ।

नेपाल वा युएईमै रहेका नेपालीले कुनै मौलिक हस्तकलाका सामग्री तयार पारेको खण्डमा उक्त सामग्रीको बजारीकरण गर्न सघाउले व्यवसायी गौंडले बताएकी छन् । अमेरिकाको लोकप्रिय अनलाइन इकमर्स व्यावसायिक संस्था अमेजनको आधिकारिक एजेन्टको रुपमा रहेको यो अनलाइन व्यावसायको औपचारिक उदधाटन भने आगामी २० अक्टोबरमा गरिने प्रतिभाशाली युवा व्यावसायी गौंडले जानकारी दिएकी छन् ।

सामाजिक संजालमा सक्रिय र स्मार्ट प्रयोगकर्ताको छवि बनाएकी कल्पनाका हजारौं फलोअरहरु फेसबुक, टिकटक र इन्स्ट्राग्राममा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here