मोटरसाईकलको ठक्करबाट सशस्त्र प्रहरी सहायक निरिक्षकको मृत्यु

0
480

मोरङ।

मोटरसाइकलको ठक्करबाट सशस्त्र प्रहरी सहायक निरिक्षकको मृत्यु भउको छ । मृत्यु हुनेमा मोरङ बुढिगंगा–१ बस्ने ४२ बर्षीय कमलप्रसाद तावाहाङ रहेको प्रहरीले जनाएको छ ।

बुढिगंगा–१ राजमार्ग साईटमा पैदल हिडिरहेका तावाहाङलाई लु ६१ प २५०२ नम्बरको मोटरसाईकलले ठक्कर दिदाँ उनी गम्भिर घाईते भएका थिए ।

घाईते तावाहाङको बिराट मेडिकल कलेज टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मृतक तावाहाङ सशस्त्र प्रहरी सहायक निरिक्षक रहेको खुल्न आएको प्रहरीले जनाएको छ । उनी सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत रहेको र हाल विदामा घर आएको थिए ।

यता ठक्कर दिने मोटरसाईकल नियन्त्रणमा लिईएको छ भने चालक तत्काल फरार रहेकोले उनको खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here