पञ्चकन्या सोसाइटीको पाँचौ बार्षिक साधारणसभा

0
658

तुलसीप्रसाद निरौला ,विर्तामोड  ।

बिर्तामोड – १ स्थित पञ्चकन्या सोसाइटीको पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 

पञ्चकन्या सोसाइटीका अध्यक्ष तेजमणी प्रसाईको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रबक्ता एवम् वार्ड न.१ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पञ्चकन्या सोसाइटीका उपाध्यक्ष थर्कमान भट्टराईले स्वागत गरेका थिए ।

कार्यक्रममा बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जलकुमार गुरुङ्ग , विर्तामोड नगर खेलकुद समितिका अध्यक्ष एवम् वडा न.१ का वडा सदस्य टिकाप्रसाद सङ्ग्रौला, वडा न्यायिक समितिका संयोजक एवम् वडा सदस्य प्रेमकुमार खरेल, वडा सदस्य कमला महरा, आदर्शनगर टोलबिकास संस्थाका अध्यक्ष डम्बरबहादुर बस्नेतलगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा पञ्चकन्या सोसाइटीको श्रीवृद्धीका लागी महत्वपूर्ण योगदान पुर्याएको भन्दै चण्डिकाप्रसाद आचार्य, मैयाँ बस्नेतलाई सम्मान गरिएको थियो भने संस्थागत रुपमा ब्लक न.३ र महालक्ष्मी कृतन मण्डलीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सहभागीहरु बीच बर्षभर गरेका सामाजिक, आर्थिक कार्यहरु, आगामी बर्ष गर्ने कार्यहरु, सोसाइटीको आर्थिक आय ब्यय, मन्दिर, कृतन मण्डली, सडक बत्तीको आयब्यय प्रस्तुत गरि छलफल गरिएको थियो ।

 

कार्यक्रममा पञ्चकन्या सोसाइटीका अध्यक्ष तेजमणी प्रसाईले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष इन्दिरा भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडा सचिब टीका अधिकारी,नमूना बस्ती बिकास कार्यक्रमका संयोजक अर्जुन मैनाली, देवी पञ्चकन्या समाजका अध्यक्ष रुपनारायण पाण्डे, पञ्चकन्या उन्नति टोल बिकास संस्थाका अध्यक्ष बिन्दा प्रसाईं, पञ्चकन्या प्रगति टोल बिकाश संस्थाका संयोजक ओमनाथ उप्रेती, पञ्चकन्या सोसाइटीका संस्थापक अध्यक्ष एवम् डाईनामिक क्लबका अध्यक्ष हिरानन्द थपलिया, समाजसेवी अञ्जनी सङ्ग्रौला, पञ्चकन्या सोसाइटीका मन्दिर र बौद्ध स्तूप उपसमितीका अध्यक्ष हेमन्त प्रसाईं, महालक्ष्मी कृतन मण्डलीका अध्यक्ष गौरा भेटवाल, ब्लक इञ्चार्ज कृष्ण शर्मा, टीका प्रसाईं मैनाली, सीता भुर्तेल, अन्सु भट्टराई, साबित्रा पौडेल, मुना पाठक उप्रेती, दिपा प्रसाईं, सीता अधिकारी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन पञ्चकन्या सोसाइटीका सचिब ओमनाथ उप्रेतीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here