आँखा शिबिर सम्पन्न

0
445

सुरुङ्गा, मंसीर २१ । युराशिया रेयुकाई २८ औं शाखा र नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा आँखा शिबिर सम्पन्न भएको छ । मेची आँखा उपचार केन्द्र सैनिकमोडको प्राविधिक सहयोगमा भएको सो शिविरमा २ सय ६३ जना रोगीको आँखा परीक्षण गरिएको थियो भने त्यसमध्ये ४२ जनाको मोतीयाविन्दुको उपचार केन्द्रमै लगी निःशुल्क शल्यक्रिया गरिएको कार्यक्रम संयोजक डिल्ली पाठकले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाका सभापति श्यामकुमार पौडेल, सचिव देवीप्रसाद बाँस्तोला, रेयुकाई सुरुङ्गाका गोपाल तामाङ, हेमलाल सापकोटा, गंगा पौडेल, तोम बाँस्कोटा, नरेश न्यौपाने लगायतको सक्रियतामा सो शिविर सम्पन्न भlogo-of-purwanchalएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here